"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

2026-06-28 04:34 AM
पर्बत - PBT

विहादी गाउँपालिका‘एकै वडाका ७० जना नेपाली कांग्रेसमा प्रवेश’

2017-04-01

विशन क्षेत्री, पर्वत, १९ चैत्र ।

स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी पर्वतको विहादी गाउँपालिकाको एकै वडामा ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा विहादी गाउँपालिकाको वडा नं। २ बर्राचौरमा नेकपा एमाले, माओवादी र नयाँशक्तिका ७० जना व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

प्रवेश गर्नेमा प्रेम नेपाली, बाबुराम गिरी, कमल नेपाली, शिवु नेपाली, रघु नेपाली, प्रदीप क्षेत्री, सन्दिप ठकुरी, पदम गिरी, अशोक गिरी, तेजु नेपाली, कुशल नेपाली, बलबहादुर नेपाली, दिपक नेपाली, दिलिप नेपाली, पदम पुरी लगायत ७० जना रहेका छन् । 

उनीहरु विहादी गाउँपालिकाको प्रमुखको दाबेदार रहेका प्रवीण गुरुङ्गको पहलमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । विहादी गाउँपालिकाको प्रमुखमा दाबेदारी गरिरहेका गुरुङ्ग यतिबेला पार्टीको आन्तरिक तथा सांगठनिक सुदृढिकरणमा सक्रिय रहेका छन् । २०४६ देखि २०५४ को स्थानीय चुनाव, संविधानसभाको पहिलो निर्वाचन र दोश्रो निर्वाचनमा सक्रियतापूर्वक लागेको तथा पार्टीको आन्तरिक, सांगठनिक क्षमता निपूर्ण गुरुङ्ग एक सरल र ईमान्दार नेताको रुपमा परिचित रहेका छन् । राजनीतिका साथै सफल व्यवसायीको पहिचान बनाएका गुरुङ्ग उम्मेदवार भएको खण्डमा अन्य वडाबाट सयौँ युवाहरु कांग्रेसमा प्रवेशको तयारीमा समेत रहेको श्रोतले जानकारी दिएको छ ।

अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ९राज० ले नेपाल तारा माविमा एक कार्यक्रमका बिच खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै ठकुरीले सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र विकास कांग्रेसले मात्र गर्न सक्ने बताउँदै नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नं। ३ रानीपानीका सचिव जयलाल पौडेलले गरेका थिए ।

त्यस्तै, विहादी गाउँपालिका वडा नं। ३ रानीपामनीमा शनिबार बसेको नेपाली कांग्रेस वडा समितिले गाउँपालिका प्रमुखका रुपमा तीन जनलाई सिफारिस गरेको छ । वडा सभापति ओमप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका प्रमुखका रुपमा हरि न्यौपाने, तिलक कुँवर र लालबहादुर कुँवरको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी