पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका "/>
2026-06-28 04:37 AM
पर्बत - PBT

एमालेको अभियान-पार्टी प्रवेशको नाउमा फेक अनलाइनमा हावादारी प्रचार

2017-04-02

पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको सामाजिक संजाल र फेक अनलाइनमा प्रचार गर्दै आइरहेको एमालेले पार्टी प्रवेशको नाउमा गलत प्रचार गरेको भेटिएको हो । 


अखण्ड नेपाल पर्वत एमालेमा विलय नामक शिर्षकमा फेक समाचार बनाइ भाइरल बनाएको एमाले पर्वतलाई अर्को झड्का लागेको छ ।  नेपाली काँग्रेको कुश्मा नगरपालिका ८ चुवाका सचिव राजुप्रसाद सुवेदीलाई झुक्काएर पार्टी प्रवेशको प्रोपोगाण्डा बनाइएको रहस्य फेला परेको छ । 

राजुप्रसाद सुवेदीले चैत्र १९ गते सांसद विकास लम्साल, एमाले अध्यक्ष पदम गिरी सहितको टोली लालेश्वर गुफा अबलोकनको लागि गएको र सोही क्रममा आफू पनि लालेश्वर गुफाको  कोषाध्यक्षको हैसियतले कार्यक्रममा सहभागी भएको र कार्यक्रममा सम्मानको गरी अविर माला लगाएको फोटो खिचि पार्टी प्रवेशको  नाम दिइएको भन्दै प्रेश विज्ञप्ती मार्फत उनले जनाएका छन् । 

एमाले जस्तो देशको दोस्रो ठूलो शक्तिका रुपमा रहेको एमालले पार्टी प्रवेशको नाउमा गरेको गलत प्रचारको  भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।

विभिन्न राजनीतिक दलका कार्यकर्तालाई बोलाउदै भ्रमपूर्ण र तथ्यहिन समाचार फेक अनलाइन र ब्लकमा राख्ने हर्कतले एमालेलाई थप बदनाम गराएको छ । यो भन्दा अगाडि अखण्ड नेपालका अध्यक्ष युगनाथ रेग्मी भएता पनि एमालेले पार्टीले कारवाही गरेका नेतालाई सदस्य बनाउँदै अखण्ड नेपाल पर्वतनै एमलेमा विलय भएको प्रचार गरेको थियो ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी