2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माअाेवादीले सहिदका सपना पूरा नगरेकाे भन्दै एमालेमा प्रवेशकाे लहर


चैत २०, काठमाडौं ।
हिद र सहिदका परिवारकाे सपनालाई माअाेवादी केन्द्रले कुल्चिएर गलत बाटाे पार्टीमा लागेकाे भन्दै स्थानिय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले काठमाडौमा अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा बाेल्दै सहिद परिवारका सदस्यहरूले सरकारमा माअाेवादी पुगेपछि पनि अाफुलाई वास्ता गर्न छाडेकाेले पार्टी छाड्नु परेकाे बताए ।
माअाेवादी युद्धकालमा दोरम्बा हत्याकाण्डमा छोरा गुमाएका कृष्ण बहादुर लामाले १७ हजार जनताको रगतमा माअाेवादीले होलि खेलेको आरोप लगाउदै अाफू एमालेमा प्रवेश गरेकाे धारणा राखे ।

पार्टी प्रवेश कार्यक्रममा रामेछापबाट राजधानी अाएर बसाेबास गरेका व्यक्तिहरू नेपाली काङ्ग्रेस र माअाेवादी केन्द्र परित्याग गरि ठुलाे संख्यामा एमाले प्रवेश गरेकाे सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा माकादुमबाट सन्तोष केसि, नवीन केसी, देवेन्द्र केसी, राजकुमार खत्री,राजन केसि, अर्जुन केसी, रामकृष्ण केसी, प्रदीप पराजुली, राजकुमार खड्का, राकाथुमबाट राजकुमार श्रेष्ठ, गुन्सी ९ गुन्सालबाट लालबिक्रम घिसिङ, जगत बहादुर घिसिङ, सुमन घिसिङ, तेज बहादुर नेपाली, लखनपुरबाट निमा योन्जन, सियास तामाङ, बेथानबाट कृष्ण बहादुर तामाङ, बिष्णु तामाङ, ज्ञान ब थापामगर गोपिलाल चौलागाईं, मनोज थापामगर, जगत घिसिङ लगायतका व्यक्तिहरू एमालेमा प्रवेश गरेकाे सम्पर्क मञ्चका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्रि भण्डारीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा एमाले केन्द्रिय सदस्य माधव ढुङगेल, माननीय कमला सुवेदी, श्याम बस्नेत, रणकुमारी थापा लगायत प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूले मन्तव्य राखेका थिए ।

उनीहरूले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन जिल्ला हरेक गाउँपालिकामा पुगेर पार्टीका नीति तथा कार्यक्रम जानकारी दिन अाग्रह गरेका छन् । उनीहरूले देशैभरी एमालेमा प्रवेशकाे जनलहर चलेकाले रामेछापमा पनि अझै याे क्रम चल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई