Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २० गते, साँझ ८:३२ बजे राजनीति, रामेछाप - RMC

चुनाव चिन्ह नपाउने रामेछापका दलद्वारा निर्वाचन कार्यालयमा धर्ना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २०, रामेछाप । चुनाव चिन्ह नपाएका रामेछापका राजनैतिक दलले चुनाव चिन्ह पाउनुपर्ने माग गदै जिल्ला निर्वाचन कार्यालय रामेछापमा धर्ना दिएका छन् ।

आईतबार सदरमुकाम मन्थलीस्थित जिल्ला निर्वाचन कार्यालय अगाडि पञ्चायति सिन्डिकेट खारेज गर्नुपर्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई मर्न दिन नहुने राजनैतिक अधिकार खोस्न नहुने र निर्वाचनमा सबै दलहरुलाई सहभागी गराउनु पर्ने लगाएतका नारा लगाउदै नयाँ शक्ति नेपाल सहितका राजनैतिक दलहरुले धर्ना दिएका हुन् ।

बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा चुनाव चिन्ह सहित भागलिन पाउने राजनैतिक अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने मुख्य माग सहित आफुहरुले संयुक्त रुपमा विरोध कार्यक्रम गरेको कार्यक्रममा सहभागि नयाँ शक्ति नेपाल रामेछापका नेता दिपक बोहोराले जानकारी दिए ।

उनले आफुहरुको मागका बारेमा सरकार गम्भिर नभएको बताए । उनले सरकारले तत्काल पहिचान सहित निर्वाचनमा भाग लिन पाउने राजनैतिक अधिकार अनुसार चुनाव चिन्ह नभएका दललाई चुनाव चिन्ह दिलाउनुपर्ने माग गरे ।

केहि समय अगाडि स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । संसदमा नभएका अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् ।

निर्वाचन आयोगले चुनाव चिन्ह नभएका राजनैतिक दलले स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ । -पत्रकार नवराज श्रेष्ठको सहयोगमा ।