2026-06-28 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८ सय ६५ मतदाताले भोट हाल्न पाउने

2017-04-04

चैत २२, कैलाली । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् ।

प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ।

जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिकारबाट वञ्चित हुनेसमेत देखिएको आयोगले जनाएको छ।

कैलालीमा एक लाख ९८ हजार ८ ८७ पुरुष, दुई लाख पाँच हजार ३ ८६ महिला र सात तेस्रोलिङ्गी गरी जम्मा चार लाख तीन हजार २८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

कञ्चनपुरमा एक लाख १५ हजार ४ २२ पुरुष, एक लाख २० हजार ३ १२ महिला र एक तेस्रोलिङ्गी गरी दुई लाख ३५ हजार ७३६ जना मतदाता पुगेका छन् भने डडेल्धुरामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता पुगेका छन्।

बैतडीमा ६० हजार २२७ पुरुष, ६४ हजार ५९६ महिला र एक तेस्रोलिङ्गी गरी एक लाख २४ हजार ८२४ जना, डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७८९ महिला गरी एक लाख ८८७, दार्चुलामा ३६ हजार ६४१ पुरुष र ३६ हजार २६५ महिला गरी ७२ हजार ९०६ जना, अछाममा ६० हजार ४४१ पुरुष र ६७ हजार २९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा एक लाख २७ हजार ७२४ जना, बझाङमा ४७ हजार ८८८ पुरुष ४९ हजार ७२१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार ६१० जना र बाजुरामा ३२ हजार ५२१ पुरुष, ३२ हजार ४२७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार ९५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी