पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध"/>
2026-09-19 09:55 PM
पर्बत - PBT

कुनपा १० पिपलटारीमा माओवादी केन्द्र विस्तार

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा भिमदेवी सुवेदी रहेका छन् ।

Image may contain: 4 people, people sitting

 त्यसैगरी कमिटिको सदस्यमा ऋषिराम पौडेल, बालराम पौडेल, पारस पौडेल, गोविन्द सुवेदी, विष्णु प्रसाद अधिकारी, दिपक खनाल, चिरञ्जीवी खनाल, हरिकला अधिकारी, बेलप्रसाद अधिकारी रहेका छन् । अन्य सदस्य मनोनित गर्ने पार्टीले जनाएको छ । सोही भेलाले ५१ सदस्यीय वाइसिएल कमिटि गठन गरेको छ । जसको अध्यक्षमा गोकुल सुवेदी, उपाध्यक्षमा आनन्द अधिकारी, पारस पौडेल, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा अर्जुन क्षेत्री, सहसचिवमा विवेक लामिछाने रहेका छन् । 

सदस्यहरुमा सन्देश सुवेदी, गगन अधिकारी, राजन सुवेदी, राजु पौडेल, श्याम अधिकारी, राजेन्द्र अधिकारी, प्रशान्त सुवेदी,सुवास अधिकारी, लक्ष्मण गौतम, सागर अधिकारी, विष्णु गौतम, नारायाण अधिकारी लगायत रहेका छन् । 

स्थानीय तहको चुनावलाई लक्षित गरी कुनापा १० मा १५१ सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरिएको छ । जसको संयोजकका रुपमा देवीप्रसाद अधिकारी रहेका छन् । भेलाले वडा १० इन्चार्जमा देवी अधिकारीलाई चयन गरेको छ । 

माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले स्थानीय चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउनको लागि सवै लागी पर्नेमा जोड दिए । उनले जसको एजेण्डा उसको जित निश्चित हुनुपर्ने नत्र देश गम्भीर चुनौतीको खाडलमा पर्ने समेत बताए । 

Image may contain: 1 person, outdoor

नेकपा माओवादी केन्द्रले देशलाई आर्थिक विकासमा लैजानको लागि र समृद्ध नेपाल निर्माणको लागि कदम चालेको बताए । उनले माओवादीले जनयुद्ध शुरु गर्ने बेलामा केन्द्रिय शासन व्यवस्थालाई खारेज गरी जनस्तरबाट जनताबाटै न्यायिक प्रशासन खडा गरी सोहि अनुसार काम गर्नुपर्ने माग राख्दै युद्धमा होमिएको र अहिले संघीयताको खाकाको माध्यामबाट देशमा जनसरकार स्थापित भएको बताए । 


माओवादीले शुरु गरेको क्रान्ति र सोही अनुसार देशमा भएको १६ बुदेँ विस्तृत शान्ति सम्झौता र परिर्वतन स्वरुप प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने जिम्मा माओवादी केन्द्रको हातमा परेको र सोही अनुसार अब समय अबधिभित्रै तीन तहको चुनाव सम्पन्न गराउनको लागि सवै लाग्नुपर्नेमा जोड दिए । उनले माओवादीले योगदान र  हजारौ शहिदको सम्मानका खातिर पनि माओवादीलाई विजय गराई संघीय गणराज्यको संस्थागत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रका केन्द्रिय सदस्य मनरुपा शर्मा, रामप्रसाद शर्मा, शंकर गिरी, जिल्ला पाटसर्् सल्लाहकार रघुनाथ अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए ।


स्थानीय तहको चुनावलाई लक्षित गरी माओवादी केन्द्रले गाउँ जागरण अभियान चलाइरहेको छ भने दुइ नगरपालिका र ५ गाउँपािलकामा इन्चार्ज समेत तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ । केन्द्रले हरेक वडामा १५१ सदस्यी प्रचारप्रसार कमिटि समेत गठन गरेको जनाएको छ ।

चुनावलाई लक्षित गरी पुर्नसंरचना अनुसार नयाँ कमिटि गठन गर्ने अभियानमा लागेको माओवादीले स्थानीय तहमा ककसलाई टिकट दिने भन्ने बारेमा छलफल चलाएको जनाएको छ तर अझै पनि टुंगो भने लागि सकेको अबस्था छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो