सन्तोषकुमार गुप्ता | चैत २४, देउखुरी | राष्ट्रिय जनमोर्चाकी प्रवक्ता एवं सांसद दुर्गा पौडेलले युरोपियन युनियन र भारतको ग्रयाण्ड डिजाईनमा नेपाल राष्ट्रलाई बिखण्डन गर्न भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | चैत २४, देउखुरी | राष्ट्रिय जनमोर्चाकी प्रवक्ता एवं सांसद दुर्गा पौडेलले युरोपियन युनियन र भारतको ग्रयाण्ड डिजाईनमा नेपाल राष्ट्रलाई बिखण्डन गर्न भ"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा राजमोको प्रचारात्मक जनसभा सम्पन्न

२०७३, २४ चैत्र बिहीबार १५:२५

सन्तोषकुमार गुप्ता | चैत २४, देउखुरी | राष्ट्रिय जनमोर्चाकी प्रवक्ता एवं सांसद दुर्गा पौडेलले युरोपियन युनियन र भारतको ग्रयाण्ड डिजाईनमा नेपाल राष्ट्रलाई बिखण्डन गर्न भित्राईएको संघीयता लागुभयो भने देशलाई अर्थतन्त्रले थाम्न नसक्ने र अन्ततः देश प्रतिगमनतर्फ फर्किने गंम्भिर खतरा उत्पन्न भएको बताएकी छिन् । उनले वर्तमान सरकारले ल्याएको संविधान शंसोधन विधेयक भित्रको अंगीकृत नागरिकताको    अवधारणले राष्ट्रलाई भारतमा गाभ्ने रणनितिक चाल भएको बताएकी छिन् । 

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले विहिवार राप्ती गाउँपालिका—१ भालुवाङमा देउखुरीको आयोजना गरेको राष्ट्रिय प्रचारात्मक अभियानको जनसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएकी हुन् । प्रमुख अतिथि समेत रहेकी सांसद पौडेलले साथै उनले संघीयताको कार्यान्वयन सुरु भएसंगै देशमा खतरनाक ढंगले रंग, वर्ण, जातजाति, लिंग र भू–विभेदका तरङ्गहरु देखापर्न थालेको र यसको कार्यान्वयन भएमा राष्ट्रको अर्थतन्त्रले देश थाम्नै नसक्ने डरलाग्दो मोडमा पुग्ने ठोकुवा समेत गरेकी छिन् । उनले संघीयता नेपाली जनआन्दोलनको माग नभएर आयोजित नारा हो, त्यसैले देशलाई जिवित राख्ने हो भने हिमाल, पहाड र तराईलाई कुनै हालतमा टुक्रयाउन दिनु हुदैन, उनले पौडेलले स्पष्ट पारेकी छिन् । 

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवं पुर्व सभासद रश्मीराज नेपालीले ठूला पार्टीहरुले ल्याएको थ्रेसहोल्ड साना पार्टीहरुलाई मार्ने हतियार भएको बताए । गणतन्त्रलाई संस्थागत गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकारले तोकिएकै समयमा स्थानिय निर्वाचन सम्पन्न गर्नुपर्छ, उनले भने संविधान शंसोधन प्रस्तावको कटु आलोचना गर्दै नेपालीले हिमाल, पहाड र तराइलाई टुक्रयाउनु भनेको मन्छेको सिङ्गो शरिरलाई काटेजस्तै हो, त्यसैले प्रदेशको बिखण्डन, अंगिकृत नागरिकताको अवधारणा र नेपालमा हिन्दी भाषा ल्याउने कुरा गर्नु नेपाल र नेपालीलाई ज्यूदै अचानोमा काट्नु सरह भएको बताए । प्रजातान्त्रिक बिकेन्द्रीयता, संविधान कार्यान्वयन र गिलाँसमा मतदान भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले यहि चैत्र २० गतेदेखि राष्ट्रभरी ६ वटा टोली बनाएर राष्ट्रिय प्रचारात्मक अभियान संचालन गरेको कार्यक्रममा बताईएको हो । 

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीका अध्यक्ष रमेशमान गुरुङको अध्यक्षतामा भएको केन्द्रिय कार्यकारी अध्यक्ष नेपालीको बिशिष्ट आतिथ्यमा भएको सभामा पार्टीका केन्द्रिय उपाध्यक्ष बद्रे आलम, अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, राजमो दाङका अध्यक्ष रेशम बिसी र अखिल छैठौं का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, रामकृष्ण पौडेल, नरबहादुर के.सी र अशोक बेल्वासे लगायतले बोलेका थिए । सो अवसरमा रक्तिम साँस्कृतिक अभियानको टोलीले साँस्कृतिक प्रस्तुती दिएको थियो । राजमो सिसहनियाँ गाउँ कमिटिका अध्यक्ष माधवप्रसाद आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राजमो लालमटिया गाउँ कमिटिका सचिव दलबहादुर घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ