Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २४ गते, राति ९:१६ बजे राजनीति, रामेछाप - RMC

एमाले रामेछापका नेता, कार्यकर्ता निरन्तर अन्तरक्रिया र छलफलमा सक्रिय

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

निरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ ।

मन्थली  नगरपालीकाको वडा नम्बर १३ र १४ को भेला गरेको छ । फुलासिको चिण्डे र पोखरीमा भएको भेलामा दुवै वडाका एमालेका नेता कार्यकर्ता, शुभचिन्तक, पार्टी निकट भातृ संगठनका प्रतिनिधिहरु सहभागि भएका थिए । सो भेलाका सहभागिले आफ्नो गाउँको पार्टीको वर्तमान अबस्थाका बारेमा धारणा राखेका थिए ।

उनीहरुले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुवै वडामा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्वले ठोस कार्ययोजना बनाउनुपर्ने धारणा समेत राखेका छन । महिला, दलित, बिपन्न समुदायलाई स्थानीय सरकारमा समावेशी प्रतिनिधित्व गराउन माग गरेका छन् । बिकास निर्माण, सडक, शिक्षा, स्वास्थ्य, ग्रामिण कृषि फुलासी गाउँ बिकासको आधार भएको भन्दै उनीहरुले घोषणापत्रमा स्थानीय उम्मेद्वारहरुले आफ्नो क्षेत्र विकासको स्पष्ट योजना अघि सार्नुपर्ने बताएका छन ।

१३ नम्बर वडा कमिटीका संयोजक प्रेम बहादुर खत्री र वडा नम्बर १४ का संयोजक रामबहादर तामाङको अध्यक्षतामा भएको भेलालाई नगर कमिटीका संयोजक कृष्णहरी अधिकारी, एमाले जिल्ला नेता महेन्द्र पुरी, अनेरास्ववियु रामेछापका अध्यक्ष सागरहरी अधिकारी, युवासंघका अध्यक्ष बुद्ध लामा लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

यस्तै मन्थली नगरपालीका वडा नम्बर १२ गेलुस्थित सिक्रालमा एमालेले आगामी चुनावलाई लक्षित गरी टोल समिती गठन गरेको छ । स्थानीय गणेश बहादुर बुढाथोकिको अध्यक्षतामा २१ सदस्यिय चुनाव परिचालन टोल समिती गठन गरिएको एमाले नगरकमिटीले जनाएको छ ।

यता मन्थली नगरपालीका वडा नम्बर ९ पुरानागाउँमा पनि एमाले रामेछापका जिल्ला नेताले स्थानीय कार्यकर्तासँग भेट गरेका छन । स्थानीय पार्टी कार्यकर्ताको गुनासो र आगामी दिनमा जिल्ला नेतृत्वले गर्नुपर्ने कामका बारेमा छलफल भएको जिल्ला सचिवालय सदस्य लव श्रेष्ठले जानकारी दिनुभयो ।

बिहाबारै अखिल नेपाल महिला संघ रामेछाप नगरपालीकाको भेला पनि सम्पन्न भएको छ । भेलामा सांसद कमला सुवेदी, अनेमसंघ जिल्ला अध्यक्ष शान्ता पौडेल,एमाले नगर संयोजक युगराज पाख्रिङ, नेतृ सिता केसि लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो । उनीहरुले रामेछाप नगरपालीकामा स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन महिलाहरुको भूमिका उल्लेख्य हुनुपर्ने धारणा राखेका छन ।अबको निर्वाचनमा महिला, दलित, जनजाती, अल्पसङ्ख्यक समुदाय राज्यको मुल धारमा आउने उनीहरुको भनाइ छ ।