२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्बचन लक्षित् पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु

२०७३, २५ चैत्र शुक्रबार ०६:४२

चैत २५, विराटनगर । स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ । 

गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता छन् । 

सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आमसमस्यालाई समाधान गर्न मानसिक रुपले तयार हुने, सुरक्षाको अवस्थालगायतका विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ । 

गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । 

निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि चुनौतीहरुको पहिचान र वर्गीकरण गरेर सूचनाको अवस्था तयार पार्नका लागि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउँदै उहाँले “भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको आवश्यक सम्पूर्ण तयारी भइरहेको जानकारी दिनुभयो ।” 

गृहराज्यमन्त्री बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो । 

गृहसचिव लोकदर्शन रेग्मीले मुलुक निर्वाचनको महाअभियानको सङ्घारमा उभिएको बताउँदै सरकारको निर्णय र जनताको चाहनालाई पूरा गर्नका लागि सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न उच्च मनोबलका साथ कार्य गर्न निजामती र सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । 

“सङ्घीय प्रणालीको लाभको प्रतिफल यो स्थानीय निकायको निर्वाचनबाट शुभारम्भ हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन प्रतिबद्ध हुनुपर्दछ उहाँले भन्नुभयो ।” 

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा सुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी, नेपाल प्रहरीका निमित प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी तथा नेपाली सेनाका पूर्वाञ्चलका पृतनापति गोकुल भण्डारीको पनि गोष्ठीमा सहभागिता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ