कृष्ण कँडेल/चैत २५, बागलुङ । स्थानिय निर्वाचनको मिति जनिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनितिक दलले कस्लाई उम्मेद्वार बनाउलान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत २५, बागलुङ । स्थानिय निर्वाचनको मिति जनिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनितिक दलले कस्लाई उम्मेद्वार बनाउलान"/>

2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् ढोरपाटन नगरपालिकाका मेयर दाबेदार

कृष्ण कँडेल/चैत २५, बागलुङ । स्थानिय निर्वाचनको मिति जनिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनितिक दलले कस्लाई उम्मेद्वार बनाउलान् भन्ने चर्चा निकै बढेको छ । 

बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथा व्यापारिक केन्द्र बुर्तिबाङ बजारलाई केन्द्र मानेर बनार्ईको ढोरपाटन नगरपालिकामा को–को उम्मेद्वार बन्नलान् भन्ने जिज्ञासासँगै आकाङ्क्षिहरुको चर्चा पनि उत्तिकै छ ।

बुर्तिबाङलाई केन्द्र मानि वरिपरिको भुगोल समेटेर नगरपालिका बनाउने अभ्यास यसअघि देखि नै स्थानियले सुरु गरेका थिए । 

स्थानिय पुनर्संरचनाका क्रममा साबिकका ४ गाविस समेटेर ढोरपाटन नगरपालिका कायम भएपछि स्थानिय तहको निर्वाचनमा पश्चिममा रहेका अरु तिन गाउँपालिका भन्दा ढोरपाटन नगरपालिकाको बिषय स्थानिय रुपमा  बढि महत्वको बनेको छ । 

नगरपालिकाको प्रमुख नगर सरकार अर्थात नगरकार्यकारी र नगर संसद अर्थात नगरसभा दुबै तर्फको प्रमुख हुने र स्थानिय तह आफैमा बलियो संरचना भएका कारण पनि नगरप्रमुखको चर्चा हुनु स्वभाबिकै हो । 

ढोरपाटन नगरपालिकाको प्रमुखमा मुलुककै ठुलो दल नेपाली काँग्रश भित्र आधा दर्जन बढिको आकाङ्क्षा रहेको कार्यकर्ता विच चर्चा हुने गरेको छ । महाधिवेशन प्रतिनिधिहरु धिरप्रताप सिंह, अर्जुन सेरचन, सागर छन्त्याल, जित सेरचन, सिंहबहादुर राना र पुर्बजिल्ला कार्यसमिति सदस्य मेषलाल शर्मा लगायतको चाहना रहेको चर्चा छ । 

क्षेत्रीय सभापती द्रोणकुमार कुँवरको नाम पनि चर्चामा छ तर कुँवरले आफु मेयरको दावेदार नभएको बताउनुभएको छ । काँग्रेशमा उम्मेद्वारी लिन चाहनेविच सबैभन्दा बढि रस्साकस्सि रहेको स्वयं नेताहरु नै बताउँछन् ।  

प्रमुख प्रतिपक्षि नेकपा एमालेमा संघिय मालिया तथा स्थानिय विभाग प्रदेश नम्बर–४ का सदस्य टंकप्रसाद पौडेल, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन र जिल्ला सदस्य वीरबहादुर विश्वकर्माको आकाङ्क्ष रहेको अड्कल काट्ने गरिएको छ ।   सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य चन्द्र आर्याल र केन्द्रिय सल्लाहकार सेरमान घर्तीको नाम कर्यकता माझ चर्चामा छ । 

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा दोस्रो स्थान प्राप्त गर्नुभएका माओवादी नेता तुल्सिराम अर्यालको नाम ढोरपाटन नगरको प्रमुखका लागि चर्चामा रहेपनि अर्यालले आफ्नो चाहना नरहेको बताउने गर्नुभएको छ । संघियताको बिपक्षमा रहेको पार्टि राष्ट्रिय जनमोर्चा भित्र जिल्ला सदस्य गौरिश्वर पाण्डे मेयरको उम्मेद्वार बन्न सक्ने चर्चा रहेको छ । 

बाम पार्टिहरु विच चुनाबि तालमेल गरेर निर्वाचनमा जाने चर्चापनि रहेका कारण त्यसो भएमा राजनितिक दलको विचमा हुने सहमतिका आधारमा उम्मेद्वार तय गरिने छ । बागलुङमा बाम एकताको चर्चा माझ एमाले र जनमोर्चा विच चुनावि तालमेलको नितिगत निर्णय भईसकेको नेताहरुले बताउने गरेका छन् । 

माओवादी केन्द्रको जिल्ला कार्यालय बैठकले भने स्थानिय आबश्यकताका आधारमा त्यहाँकै पार्टि कमिटिले को सँग तालमेल गर्ने भन्ने कुरामा निर्णय गर्न सक्ने अधिकार दिएको माओवादी नेताहरुले बताएका छन् । 

झण्डै दुई दशक पछि स्थानिय निकायलाई नयाँ संरचना गरि अधिकारसम्पन्न स्थानिय तह बनाएपछि हुन लागेको निर्वाचन भएका कारणले पनि यो स्थानिय निर्वाचनको धेरै महत्व रहेको जानकारहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई