2026-06-28 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा १६ निर्वाचन अधिकृत तोकिए (सुचिसहित)

2017-04-07

चैत २५, विराटनगर । स्थानीय तहको निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृत तोकिने कार्य सम्पन्न भएको छ । 

मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका लागि एक जना मुख्य निर्वाचन अधिकृत र १६ जना निर्वाचन अधिकृत तोकिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार मोरङका जिल्ला न्यायाधीश विनोदकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ । उहाँ विराटनगर उपमहानगरपालिकाको निर्वाचन अधिकृतसमेत हुनुहुन्छ । 

त्यस्तै, नगरपालिकामा बेलबारीका लागि रङ्गेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी, लेटाङका लागि सहायक प्रजिअ शेषनारायण पौडेल, पथरी–शनिश्चरेका लागि टोखा नगरपालिका काठमाडौँका कार्यकारी अधिकृत नवराज ढुङ्गाना, रङ्गेलीका लागि जिल्ला न्यायाधिवक्ता नवराज ढुङ्गाना र रतुवामाइका लागि सहायक प्रजिअ ओमकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ । 

यसैगरी सुनवर्षिका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज राई, उर्लाबारीका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईं र सुन्दर–हरैचाका लागि सोही नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त न्यौपानेलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयकाअनुसार, मोरङका आठवटा गाउँपालिकाका लागि पनि निर्वाचन अधिकृत नियुक्त गरिएको छ । 

यसरी नियुक्त हुनेमा बुढीगङ्गाका लागि पथरी–शनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत कुमारप्रसाद कोइराला, धनपाल थानका लागि ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विभागको उपसचिव रोशनी श्रेष्ठ, ग्रामथानका लागि सर्वोच्च अदालतका इजलास अधिकृत महेन्द्रप्रसाद भट्टराई, जहदाका लागि इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव पुरुषोत्तम घिमिरे, कानेपोखरीका लागि उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई तोकिएको छ । 

यस्तै, अन्य गाउँपालिकामा कटहरिका लागि भूमिसुधार कार्यालय मोरङका उपसचिव नरेन्द्र पौडेल, केराबारीका लागि मालपोत कार्यालय मोरङका उपसचिव खसदेव चूडाल र मिक्लाजुङका लागि उच्च सरकारी वकिल कार्यालय विराटनगरका उपसचिव हिमालयकुमार त्रिताललाई तोकिएको हो । 

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईले सार्वजनिक भएका निर्वाचन अधिकृतमा सम्भवतः हेरफेर नहुने बताउनुभयो । वैशाख ३ गते विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुनेछ र अन्य कार्यालय वैशाख १२ गतेदेखि सञ्चालनमा आउने उहाँले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी