2026-09-19 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको ढोरपाटन नगरपालिकामा नवआगन्तुक निमित्त कार्यकारी अधिकृतलाई स्वागत

कृष्ण कँडेल | चैत्र २७, बागलुङ | बागलुङको ढोरपाटन नगरपालिका नवआगत निमित्त कार्यकारी अधिकृतलाई स्वागत तथा परिचयात्म कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

कार्यक्रममा बोल्दै नवआगन्तुक निमित्त कार्यकारी अधिकृत रामप्रसाद आचार्यले नयाँ संरचनामा अधिकार सम्पन्न स्थानिय तह बनेको भन्दै त्यसको कार्यान्वय, सेवा प्रवाह र स्थानिय बिकासका लागि निर्वाचन मार्फत जनप्रतिनिधि आवश्यक पर्नेमा जोड दिनुभयो । 

उहाँले सुरुमा नगरपालिकाको कार्यालयका लागि घरभाडमा लिने, कार्यालय व्यवस्थापन गर्ने जस्ता काम पहिला गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढार्ईको जानकरी दिनुभयो । उहाँले स्थानिय सरोकारवालासँग मिलेर काम गर्ने भन्दै सहयोगका लागि आग्रह गर्नुभएको छ । 

कार्यक्रममा नेपाली काँग्रशका ढोरपाटन नगर संयोजक सालिकराम शर्मा, एमालेका नगरसचिव ज्ञानप्रसाद कँडेल, माओवादी केन्द्रका नगर सहईन्चार्ज चन्द् अर्याल, नयाँशक्ति नेपाल पार्टिका नगर संयोजक टेकबहादुर कुँवर, नेकपा क्रान्तिकारी माओवादीका नगर ईन्चार्ज गुञ्जबहादुर भण्डारी र बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्माले नयाँ कार्यकारी अधिकृतलाई स्वागत गर्दै स्थानिय कार्यसम्पादनमा मिलेर काम गर्ने बताएका थिए ।

सो अवसरमा ढोरपाटन नगरपालिकाका निवर्तमान निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले नयाँ निमित्त कार्यकारी अधिकृत रामप्रसाद अचार्यलाई दोसल्ला ओडाएर स्वागत गर्नुभएको थियो । 

कार्यक्रम निमित्त कार्यकारी अधिकृत अचार्यको अध्यक्षता र चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई