Image may contain: one or more people, sunglasses and closeup Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: one or more people, sunglasses and closeup
2026-09-19 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सबैको आशाका केन्द्र ठाकुर वडाध्यक्षका वलियो उम्मेदवार

Image may contain: one or more people, sunglasses and closeupरोशन तिवारी

पर्वत–उमेर वल्ल २२ लागेका ठाकुर रसाईलीको राजनीतिक उचाई निकै अग्लो छ । विद्यार्थी राजनीतिवाट एकाएक जिल्ला तहमा उनको चर्चा उचाईमा पुगेकै थियो । हालै सम्पन्न दलित संघ पर्वतको अधिबेशनले ठाकुर रसाईलीलाई जव जिल्ला कोषाध्यक्षमा सर्वसहमत चयन ग¥यो उनको चर्चाले झन उचाई लिँदै गयो ।

स्थानीय तहको निर्वाचनमा महाशिला गाउँपालिका ६ फलामखानीको वडा अध्यक्षमा निर्विकल्प उम्मेदवारको रुपमा रसाईलीको नाम सिफारिस हुने भएको छ । नेपाली काँग्रेस गाउँ कार्यसमितिले ठाकुरको नाममा सहमती जुटाईसकेको छ, निर्णय हुन वाँकि छ । 

उनी फलामखानीका अन्य दलका उम्मेदवारलाई राम्रै संग धक्का दिने हैषियतका उम्मेदवार हुन् । रसाईली भन्छन–‘ गाउँको विकास कसरी गर्ने भन्ने मेरो खास योजना छ, उनले भने वडाध्यक्षको जिम्मेवारीमा पुगेपछि मैले फलामखानीलाई जिल्लाकै नमूना गाउँ बनाउने छु , । काँग्रेसले गतिलो संरक्षण नगर्दा अन्य पार्टिमा लागेका व्याक्तिहरु यसपालि मेरो उम्मेदवारी परेपछि हाम्रै पक्षमा आएका छन् । 

फलामखानीको अलपत्र खानी सञ्चालन गर्ने, खानेपानीको समस्यामा रहेका गाउँले दाजुभाईलाई खानेपानीको व्यवस्थापन, स्वास्थ्यको पहुँच पु¥याउने, फलामखानीलाई पर्यटकिय गन्तव्य वनाउने मेरो प्राथमिक योजना हुन् उनले भनेका छन्  ।

सानै देखि गाउँका संघसंस्थामा अगुवाई गर्दै आएका रसाईली यूवादेखि वृद्धहरुको मनमा सजिएका उम्मेदवार हुन् । उनी भन्छन् –‘विगतमा जुनसुकै पार्टिमा लागेको भएपनि यसपालि मेरो उम्मेदवारी परेमा सबैले मेरो पक्षमा भोट हाल्नेमा म सत प्रतिशत विश्वस्त छु , ।

मैले यो पार्टि र त्यो पार्टिको उम्मेदवार भन्दा पनि सबै पार्टिको साझा उम्मेदवारको रुपमा मलाई हेरेको छु, उनले भनेका छन् ।  अन्य पार्टिले उम्मेदवार उठाउन खोजेका व्याक्तिको तुलनामा उनी शिक्षित, भिजन भएको, समाजमा भिजेको, दुरदर्शी, प्रष्ट वक्ता र मिलनसार रहेका छन् । 

उनका काका,मामा देखि फुपुहरुले विगतमा एमालेलाई भोट हाल्ने गरेका थिए । विगतमा एमालेका आस्वसनले भोट खसालेका उनीहरु अहिले आफ्नै भाई छोरा उम्मेदवार वनेपछि रसाईलीलाई भोट हाल्न आतुर भएका छन् । 

नेपाली काँग्रेस गाउँ कार्यसमितिले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणाकै दिन उनलाई उम्मेदवारको निम्ता दिएको थियो । यूवाहरुका प्रिय पात्र रहेका रसाईली स्थानीय सञ्चारमाध्यममा कुशल सञ्चारकर्मीको रुपमा पनि काम गर्छन । 

रसाईली भन्छन्–‘मेरो गाउँका दलित, जनजाती, अपाङ्ग, महिला, वालवालिकाहरुले आजसम्म अभिभावक पाएका थिएनन्,‘ अहिले उहाँहरुको सुखदुखमा साथ दिनुपर्छ भनेर उम्मेदवार उठ्न लागको हुँ उनले भने , । 

ठाकुर रसाईली नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षमा उम्मेदवार वन्न लागेको देखेर एमाले, माओबादी केन्द्रको सातो गएको काँग्रेस गाउँ कार्यसमितिका सभापति भिमवहादुर क्षेत्रीले वताए । यसपालि एमालेले आफ्नो लालकिल्ला भन्ने गरेको फलामखानीमा काँग्रेसले दरो टक्कर दिएर विजयी हुने उनले वताए ।  

फलामखानी विगत देखि नै राजनीतिक दाउपेचले विचलित हुँदै आएको छ । जिल्ला तथा केन्द्र तहमा पहुँच भएका कोहि नहुँदा गाउँको विकास पछाडी परेको छ । राजनीतिक वलजोड नहुँदा एसियामै उत्कृष्ठ फलाम पाईने फलामखानी सञ्चालन गर्न कुनै पहल हुन सकेको छैन । यदि फलाखानीको फलाम निकाल्न सक्ने हो भने नेपालले विदेशवाट फलाम किन्नै पर्दैन । तर यत्रो सम्पत्ती भएको क्षेत्र गतिलो नेता नहुँदा अलपत्र परेको छ ।

गाउँमा वर्षेनी चट्याङ लागेर मान्छे मर्छन । हिउँदका महिनामा पानी पिउन नपाएर गाउँका आमावुवा काकाकुल वन्छन् । चुनावका अघिल्ला दिन भोजभतेर गराएर र ठुला ठुला सपना देखाएर भोट सोहर्नेहरु जितेपछि पीडामा जलेका मतदाताको दैलोमा फर्किने गरेका छैनन् । 

ठाकुर रसाईली फलामखानी ४ का वासिन्दा हुन् । उनले पनि विगतमा यस्तै राजनीतिक चोटले ग्रसित भएर यसपालि त्यसैको ईखले वडाअध्यक्ष भएर गाउँलेको सेवक वन्न खोजेका हुन् । उनी सबै पार्टि, सबै वर्ग, जातजाती, लिंगका व्याक्तिलाई एकिकृत गरेर यसपालिको स्थानीय तहमा वहुमत ल्याएर विजयी हुने रणनीतिमा जुटेका छन् । 

उमेरले थोरै भएपनि विचार र व्यवहारमा पाका रसाईलीलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पत्याईएका उम्मेदवार हुन् । काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले उनलाई विजयी हुने उम्मेदवारको रुपमा हेरेका छन् । क्षेत्रीय कार्यसमितिले पनि उनलाई नै टिकट दिने पक्कापक्की भैसकेको छ । त्यसैले फलामखानीमा ठाकुरले विजयीको माला पहिरिने अन्तिम तयारीमा रहेका छन् । 

विगतमा झुठा र उदारो आस्वसनमा विकेका स्थानीय वासिन्दा यसपालि भविष्यमा नपछुताउने गरि काँग्रेसका उम्मेदवार रसाईलीलाई जिताउने भित्री तयारीमा लागेका छन् । साँच्चै अव भने फलामखानीले विकास र निकास पाउने छ भन्ने सबैले आशा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो