पर्वत । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पर्वतका सिंगो टिम माओवादी केन्द्रसँग गाभिएको छ । नयाँ शक्तिको ३७ सदस्यीय जिल्ला समिति मध्ये २४ जना सदस्यहरु माओवादी केन्द्रसँग एकता गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पर्वतका सिंगो टिम माओवादी केन्द्रसँग गाभिएको छ । नयाँ शक्तिको ३७ सदस्यीय जिल्ला समिति मध्ये २४ जना सदस्यहरु माओवादी केन्द्रसँग एकता गरेका छन् । 

2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ शक्ति पर्वतमा पहिरो, २४ जना केन्द्रिय नेतासहित माओवादी केन्द्रसँग एकता

महेन्द्र केसी/पर्वत । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पर्वतका सिंगो टिम माओवादी केन्द्रसँग गाभिएको छ । नयाँ शक्तिको ३७ सदस्यीय जिल्ला समिति मध्ये २४ जना सदस्यहरु माओवादी केन्द्रसँग एकता गरेका छन् । 

बहुमतका आधारमा नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेसँगै नयाँ शक्ति पर्वतमा पहिरो गएको छ । स्थानीय तहको चुनाव नजिकदै गर्दा नयाँ शक्तिका केन्द्रिय तथा जिल्ला नेताहरु एकाएक पुरानै पार्टीमा प्रवेश गरेपछि नयाँ शक्ति नेपाल पर्वत धरापमा परेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालका सदस्यहरुले आफूहरु पुरानै पार्टीसँग एकता कायम गरेको बताएका छन् । दश बर्षे जनयुद्धमा जसरी एक भएर हिडियो अहिलेको अबस्थामा आइपुग्दा माओवादी जसरी फुट्यो त्यसको फाइदा अन्य दलहरुले लिएको भन्दै एकताको विकल्प नदेखेपछि एकता भएको जनाएका छन् । 

एकतामा आउने नेताहरुमा गगन बहादुर थापा (प्रदिप) केन्द्रिय परिषद सदस्य,.केशवराज कुँवर (सृजनशील) केन्द्रिय परिषद सदस्य, .अनिल मास्के केन्द्रिय परिषद सदस्य, .मिनराज केसी (अविरल) केन्द्रिय परिषद सदस्य, हरि पौडेल (निशान) वैकल्पिक केन्द्रिय परिषद सदस्य, जनक भुषाल वैकल्पिक केन्द्रिय परिसद सदस्य, .एकनारायण गिरी, राज्य परिषद सल्लाहकार,.कमल लामिछाने (मुक्ति) राज्य परिषद सदस्य,.पारिश्वर भुषाल राज्य परिषद सदस्य, .भुपेन्द्र चापागाई नयाँ शक्ति युवा अभियान जिल्ला अध्यक्ष्य,.ध्रुव केसी नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रिय सदस्य,.उत्तम परियार जिल्ला परिषद सदस्य,.चित्र पुर्जा जिल्ला परिषद सदस्य, दुर्गा थापा जिल्ला परिषद सदस्य रहेका छन् । 

त्यस्तै अन्य नेताहरुमा .रामचन्द्र सापकोटा जिल्ला परिषद सदस्य, .सुरेश थापा जिल्ला परिषद सदस्य, .सुस्मिता पौडेल जिल्ला परिषद सदस्य, सीता हमाल जिल्ला परिषद सदस्य, रामबहादुर कुँवर जिल्ला परिषद सदस्य, उदय लम्साल जिल्ला परिषद सदस्य,  नवराज क्षेत्री जिल्ला परिषद सदस्य, महोदत्त शर्मा जिल्ला किसान संगठनका अध्यक्ष, बेलबहादुर नेपाली, प्रदिप न्यौपाने रहेका छन् । 

Image may contain: 3 people, people sitting and indoor

पार्टी  एकता पछि बोल्दै नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य गगन बहादुर थापाले एकताको विकल्प नरहेको बताए । उनले पहिले जसरी राष्ट्रियता, नागरिकको अधिकारको लागि लडेका थियौ, जून अधिकारको लागि लडेका थियौ त्यो अधिकार अहिले प्राप्त भएको र सो अधिकारलाई स्थापित गर्नको लागि माओवादीहरुविच एकता हुनुको विकल्प नरहेको बताए । उनले देशलाई अस्थीर राजनीतिबाट मुक्त गराउनको लागि र देशलाई निकास दिनको लागि माओवादी एकताको आवश्यकता रहेको औलाए । 

अब देशभरीनै माओवादी केन्द्र र नयाँ शक्तिविच एकताको लहर छाउने र अन्य माओवादी साथिहरुपनि एकतामा आउने विश्वास व्यक्त गरे । माओवादीको एजेण्डा हिजो सहि थिए र आजपनि छन् मात्रै त्यसलाई स्थागत गर्न बाँकी छ । माओवादीले उठाएका एजेण्डाहरुलाई संस्थागत गर्नको लागि अब एकता गर्नुको विकल्प छैन उनले भने । 


नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीले आज फेरी सँगै जनयुद्ध लडेका साथीहरु एक हुन पाउँदा खुसि लागेको बताए । उनले माओवादीहरु विचको एकताले अन्य ठूला शक्तिहरुलाई समेत कमजोर पु¥याउने दाबी गरे । उनले भने हिजो जून उत्साह थियो आज त्यो उत्साह फेरी थपिएको छ यस अर्थमा हामी फेरी एकता गर्दै माओवादीका हिजोका एजेण्डाहरुलाई स्थागत गर्नको लागि जुटेका छौ ।

नयाँ शक्तिविचको एकताले देशभरी माओवादी एकताको सन्देश प्रवाह गर्ने र सोही अनुसारको स्थानीय तहको चुनावमा समेत पार्टीको बहुमत हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक