पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाशिलामा एमाले र काँग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को

२०७३, २९ चैत्र मंगलवार १२:४४

पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्द्रले जागरण अभियान चलाइरहेको बेलामा एमाले र काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । सदरमुकाम कुश्मामा नयाँ शक्तिका ५ केन्द्रिय सदस्य सहित २५ जना जिल्ला तथा क्षेत्र स्तरका नेताहरु केन्द्रमा प्रवेश गरेको खबर सेलाउन नपाउँदै गाउँगाउँमा पनि माओवादीमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । 

महाशिला गाउँपालिका १ होश्राङ्दीको वडा भेलामा एमालेका सक्रिय सदस्य दलबहादुर नेपालीको नेतृत्वमा ७ जना सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीमा प्रवेश गर्नेहरुमा  लक्ष्मी गुरुङ, धनकुमारी गुरुङ, कृष्ण विक, रेशु गुरुङ, सुवास विक, सावित्रि गुरुङ रहेका छन् भने काँग्रेसबाट सक्रिय सदस्य  प्रेमराज भुषाल सहित तीन जना प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । 

वडा भेलाले  पदमबहादुर क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ वडा कमिटि समेत गठन गरेको छ । कमिटिको सचिवमा दिनेश गुरुङ, कोषाध्यक्षमा तील कुमारी राना  रहेका छन् । भने पाटीले वडा इन्चार्जका रुपमा दुर्गा शारु लाई चयन गरेको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम सन्देशको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले जसको एजेण्डा उसको जित हुने दाबी गरे । उनले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टीका रुपमा उदाउने समेत दाबी गरे । गौतमले माओवादीले क्रान्तिकारी मिशन शुरु गर्दा राखेका एजेण्डाहरु अहिले माओवादीकै सरकारबाट पुरा हुन लागेको र यसलाई स्थागत गर्नको लागि सवै एक हुनुपर्नेमा जोड दिए । 

केहि राजनीतिक दलहरु राष्ट्रियताको खोल ओडेर देशलाई अस्थीरतामा लैजान र चुनावलाई रोक्नको लागि भित्रभित्र जाल बुन्न थालेको भन्दै अब जनताले चिन्ने बेला आएको बताए । उनले यसपालीको चुनावमा माओवादी केन्द्रको एजेण्डाहरु कार्यन्वयनमा आएका कारण पूर्ण रुपमा विजय भैसकेको र अब मात्रै जनताले फेरी एकपटक सावी गर्ने बेला आएको बताए । 

Image may contain: 13 people, people standing and outdoor

देशलाई अन्धारमा राखेर दलाली गर्नेहरु अझै पनि देशलाई विखण्डनतिर लैजानको लागि सक्रिय रहेको भन्दै उनले ठूला दलहरुमापनि सिके राउतको जस्तो प्रबृत्ति देखिन थालेको बताए । 

महाशिला गाउँपालिका संयोजक दुर्गा तमूले तोकिएकै मितिमा स्थानीय तहको चुनाव सम्पन्न गराउनको लागि सरकार तयार भएकोले चुनावमा माओवादी केनद्रलाई विजय गराउनको लागि सवै लाग्नुपर्ने बताए । उनले महाशिला गाउँपालिकालाई समृद्ध बनाउनको लागि माओवादी केन्द्रसँग मात्रै एजेण्डा रहेको र अन्य दलहरुसँग भोट माग्नको लागि एजेण्डा समेत नरहेको बताए ।

समृद्ध नेपाल निर्माण बनाउनको लागि  र नागरिकका हक अधिकार स्थापित गर्नको लागि जनयुद्ध थालेको माओवादीका एजेण्डाहरुको जीत भैसकेकोले नागरिकहरुले आफ्ना अधिकार रक्षाका लागि पनि माओवादी केन्द्रमा भोट दिनुको विकल्प नरहेको बताए ।

दुर्गा बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचालक पदम बहादुर क्षेत्रीले गरेका थिए ।

यसैविच कुश्मा नगरपालिका ३ दुर्लुङमा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । भिमराज पाध्याको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको । जसको उपाध्यक्षमा नारायण भारती, सचिवमा खिमकुमारी शर्मा, कोषाध्यक्षमा चन्द्र कुमारी विक रहेका छन् ।

 त्यस्तै सदस्यहरुमा गणेश सुनार, दयाराम सार्की, नेत्र थापा, सेते सार्की, भिमबहादुर गुरुङ, निलकण्ठ शर्मा र देवी परियार रहेका छन् ।

केन्द्रिय सदस्य रामप्रसाद पराजुलीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै पराजुली कुनै पनि हालतमा चुनाव हुने र सोही अनुसार केन्द्रको विजय गराउनको लागि एक जुट हुनुपर्नेमा जोड दिए । उनले बोल्नेहरुलाई सुनौ र काम गर्नेलाई चुनौ भन्दै देश विकासको एजेण्डा भएको दललाई मतदान गर्न र गराउन आग्रह गरे । भिमराज पाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लालबहादुर तमू र स्वागत निलकण्ठ शर्माले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ