चैत्र २९, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.–७, चित्रेमा माओवादी केन्द्रले धनबहादुर ढुंगानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

गठित निर्वाचन पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र २९, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.–७, चित्रेमा माओवादी केन्द्रले धनबहादुर ढुंगानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

गठित निर्वाचन पर"/>

2026-07-25 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चित्रेमा माओवादी केन्द्रको १५१ सदस्यीय निर्वाचन परिचालन समिति

चैत्र २९, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.–७, चित्रेमा माओवादी केन्द्रले धनबहादुर ढुंगानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

गठित निर्वाचन परिचालन समितिको सहसंयोजकमा जगनबहादुर गुरुङ, सचिवमा शेरबहादुर दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । समितिको सचिवालयमा गणेश शर्मा, रामकृष्ण सुनार, टसी शर्मा, बलबहादुर दर्जी, दीपक सुनार, देवी पौडेल, भाइमाया गुरुङ, आइते बि.क., लक्ष्मण परियार, शोभाखर लम्साल, कपिलमणि लम्साल, मित्रलाल लम्साल, जौमाया नेपाली, बुद्धिकुमारी बि.क., बेलु बि.क., चन्द्रकुमारी बि.क., खिम गिरी, पिताम्बर गिरी, खिमलाल सुवेदी, गुरुदत्त भट्टराई, रामबहादुर गुरुङ, तारा गुरुङ, सुनमाया बि.क., रविन बि.क. रहेका छन् ।

निर्वाचन परिचालन समिति गठन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले संघीय संरचनाको सफल कार्यान्वयनका लागि सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए । तिमिल्सिनाले भने, ‘हामी संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनमा जाँदैछौं । गाउँपालिकाले सक्षम र सबैसँग सहकार्य गर्ने बृहत सोचको नेतृत्व पाउन सकेन भने मोदीको विकासमै नकारात्मक असर पर्न सक्छ । तसर्थ, सबैसँग सहकार्य गरेर विकास र समृद्धिको जग बसाउने नेतृत्व हाम्रो आवश्यकता हो, जनताको आकांक्षा हो, त्यसका लागि हामी सबैले गम्भीरतापूर्वक सोचौं ।’

कार्यक्रममा माओवादी केन्द्र मोदी गाउँपालिकाका उपाध्यक्ष कृष्णबहादुर सुवेदीले गाउँपालिका र नगरपालिकाको संघीय संरचना माओवादी मुद्धा भएको बताउँदै जसको नीति उसैको नेतृत्व भए मात्रै संघीयता सफल हुने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता धनबहादुर ढुंगानाले चित्रेमा माओवादी केन्द्रका संगठनात्मक अवस्था र विकास योजनाहरुको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

यसैविच पर्वत जिल्लाको राम्जामा माओवादी केन्द्रसम्वद्ध वाइसिएलको २५ सदस्यीय कमिटी गठन भएको छ । रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुवास सुनार, सचिवमा दीपेन्द्र तिमिल्सिना र कोषाध्यक्षमा भूजेल चयन भएका छन् ।

समितिका सदस्यहरुमा हिक्मत हमाल, सबिन भूजेल, अचित सुनार, प्रविण थापा, ठाकुर चालिसे, राजेन्द्र चालिसे, अनिल सुनार, मिलन हमाल, नारायण तिमिल्सिना, संगम तिमिल्सिना, रुद्रप्रसाद तिमिल्सिना, शिब हमाल, ईश्वर हमाल, जगन हमाल, बिनोद सुनार, सुवास सुनार, शिवप्रसाद तिमिल्सिना, किशोर तिमिल्सिना, पुष्प पौडेल रहेका छन् । त्यसै गरी रामबहादुर गुरुङ, रामु हमाल, शंकर हमाल, पिताम्वर पौडेल र रमेश क्षेत्रीलाई वाइसिएलको सल्लाहकारमा चयन गरिएको छ ।

वाइसिएल गठन कार्यक्रममा माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले अब युवाहरुको सम्पूर्ण ध्यान विकास र जनताको सेवामा केन्द्रित हुनुपर्ने बताए । तिमिल्सिनाले भने, ‘२१ औं शताब्दीका युवाहरु विकास र समृद्धिका बाहक हुनुपर्छ । अब हामीलाई राजनीतिक झगडा र खिचातानीमा अल्झिने छुट छैन । सबैलाई मिलाएर विकास र समृद्धिको नेतृत्व युवाले लिएर मात्रै देश र समाजको प्रगति सम्भव छ ।’

कार्यक्रममा माओवादी केन्द्र मोदी गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले युवाहरुको सम्पूर्ण ध्यान विकास, सुशासन र जनताको सेवाका लागि जानुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक