पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

समितिको सचिवमा तुलाराम दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । परिचालन समितिको सचिवालयमा जुमकुमारी गुरुङ, खुसीराम गुरुङ, हरिप्रसाद आचार्य, पदमबहादुर गुरुङ, टेकबहादुर गुरुङ, तीर्थबहादुर पुन, धनबहादुर परियार, आइतसिंह नेपाली, विष्णुभक्त गुरुङ, प्रेमबहादुर पुन, बुद्धिमान गुरुङ, श्रीप्रसाद गुरुङ, कृष्ण परियार, पदमबहादुर परियार, सुरेश गुरुङ, बिनोद गुरुङ, यामप्रसाद गुरुङ, प्रतापसिंह परियार, आइतसिंह परियार, लक्ष्मण गुरुङ, लालबहादुर गुरुङ, मैसु बि.क., जोनिसा परियार, गौमति परियार, सबिता बि.क., ध्रुव परियार, सीता परियार, शर्मिला परियार, बिमला परियार, कमला परियार, श्यानी बि.क., पुजा परियार, हाउसबहादुर परियार, बिमला परियार, लक्ष्मी परियार रहेका छन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले विकास र समृद्धिको प्रष्ट मार्गचित्र भएको र सबैलाई मिलाएर अघि बढाउने नेताले मात्रै गाउँपालिकाको मुहार फेर्नसक्ने बताए । तिमिल्सिनाले भने, ‘मोदी गाउँपालिका अथाह सम्भावनायुक्त गाउँपालिका हो । जनताले विकास, समृद्धि, रोजगारी र आफ्नो दैनिक जीवनमा परिवर्तन चाहेका छन्, हामीले जनताको भावना बुझ्नुछ, विकास र समृद्धिको नेतृत्व गर्नुछ । सबै पार्टी र शक्तिहरुलाई मिलाएर मोदीको मुहार फेर्नु छ । राजनीतिक संघर्ष र झमेला छोडेर विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्नु छ । त्यसका लागि विकासको प्रष्ट मार्गचित्र र सबैसँग हातेमालो गर्ने नेतृत्व खोज्नुपर्दछ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा मोदी गाउँपालिका अध्यक्ष मनबहादुर पौडेल, सचिव गंगा तिमिल्सिना, नेताहरु भीमप्रसाद शर्मा, जयबहादुर अखेली, चीजकाजी गुरुङ, डिलप्रसाद गुरुङ, तुलाराम दर्जी लगायतका नेताहरुले राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र विकासको मार्गचित्र माओवादी केन्द्रसँग भएकाले आगामी निर्वाचनमा माओवादीको विजय अनिवार्य भएको बताए ।