पर्वत । नेपाली काँग्रेस पर्वतका सांसद अर्जुनप्रसाद जोशी धर्मसंकटमा परेका छन् । स्थानीय तहको चुनावको मिति निजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरेको टिकट कसलाई दिने भन्ने बारेमा उनीमाथि दबाब प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाली काँग्रेस पर्वतका सांसद अर्जुनप्रसाद जोशी धर्मसंकटमा परेका छन् । स्थानीय तहको चुनावको मिति निजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरेको टिकट कसलाई दिने भन्ने बारेमा उनीमाथि दबाब प"/>

2026-07-25 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धर्म संकटमा सांसद जोशी: मेयरको टिकट शर्मा र जोशीमध्ये कलाई दिने ?

पर्वत । नेपाली काँग्रेस पर्वतका सांसद अर्जुनप्रसाद जोशी धर्मसंकटमा परेका छन् । स्थानीय तहको चुनावको मिति निजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरेको टिकट कसलाई दिने भन्ने बारेमा उनीमाथि दबाब पर्न थालेको छ ।

जिल्लाका दुइ नगरपालिका र ५ गाउँपालिकामध्ये कुश्मा नगरपालिकामा मेयर चयनको विषयले उनको टाउको दुखाएको छ । डा. चुडामणि शर्मा र रामचन्द्र जोशी मध्ये कसलाई कुनपाको मयेरको टिकट दिने भन्ने विषयले उनलाई अप्ठारोमा पारेको छ । 

कुश्मा नगरपालिकामा रहेकामा मेयरको आकांक्षीरहेकाहरुलाई मिलाउन नसक्दा उनको राजनैतिक छवि नै खतरामा पर्न सक्ने देखिन्छ । यस्तो अबस्थामा देउवा समुहमा खुलेर लागेका नेता जोशीले कसलाई छान्लान त्यो सबैभन्दा चासो बिषय बनेको छ ।

स्थानिय तहमा गाउँपालिका र नगरपालिकाको प्रमुख छान्दा सांसदको प्रयेत्क्ष सहभागिता हुनुपर्ने कांग्रेस कन्द्रिय समितिको निर्णयको कारण कुश्मा नगरपालिकामा लामो समय देखि पार्टीको काममा कृयाशिल डा. चुडामणी शर्मा र नेपाली कांग्रेसका कुश्मा नगरपालिकाका सभापती रामचन्द्र जोशीलाई मेयरको टिकट दिदाँ उनको सहभागिता अनिवार्य छ ।

यस्तो अबस्थामा नेपाली कांग्रेस भित्र संसदको टिकक लिएर ३ पटक सम्म साँसद रहेका अर्जुन जोशी, अब हुने प्रदेश सभाको टिकक पनि महासमिति सदस्य युवराज जोशीले पाउने पक्कापक्की भएको अबस्थामा कुश्मानगर पालिकामा रामचन्द्र जोशीलाई टिकट दिँदा काग्रेस भित्रका बाहुन क्षेत्रीले भोट नहाल्ने अबस्था श्रृजना भईसकेको कांग्रेस नेताहरुले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

१३ औं महाधिबेशनमा रामचन्द्र जोशीले अर्जन जोशीलाई असहयोग गरेको कारण जोशीले यसपाली कुश्मा नगर पालिकामा डा. चुडामणी शर्मालाई मेयरमा छान्न सक्ने संभावना प्रबल छ । भने पर्वतमा बिगतदेखि नै शेर बहादुर देउवाको पक्षमा लागेका नेताहरु नवराज गुरुगं, राम शर्मा, बिश्व प्रसाई पनि खुलेरै डा. शर्मा पक्षमा लागेका छन् । सूचनाकेन्द्र डटकमले खबरलेखेको छ ।

त्यस्तै सांसद अर्जुन जोशीसँग निकट रहेका शेर बहादुर देउवाका बिश्वास पात्रको रुपमा मानिने युवा नेता बिद्धान गुरुगं पनि डा. शर्माको पक्षमा रहेका छन् । पर्वत जिल्लामा नेपाली कांग्रेसको लामो समय देखि राजनिति गर्दै आएका लोकनाथ आचार्य पनि शर्माको पक्षमा छन् । त्यसै गरि जोशी परिवारको सबैभन्दा शसक्त मानिने काशी कुमार जोशी पनि डा शर्मा कै पक्षमा छन् । यस्तो अबस्थामा साँसद जोशीले रामचन्द्र जोशीलाई छान्दा पार्टी भित्र पहिरो जान सक्ने आकलन गरिएको छ ।

देउवा पक्षमा नेताहरु मात्रै होईन यसपाली डा. शर्मालाई रामचन्द्र पौडेल पक्षका पर्वतमा रहेका नेताहरुले पनि सहयोग गर्ने अबस्था छ । केहि दिन अगाडी रामचन्द्र जोशी आफै सभापती रहेको कुश्मा नगर पालिकाबाट मेयरको सिफारीस गर्दा आफ्नो मात्रै नाम हालेको कारण पनि उनी सर्बत्र आलोचित भएका छन् । पार्टी भित्र यस्तो अबस्था रहदाँ सबैभन्दा बढी शक्तीमा रहेका अर्जुन जोशीले देउवाको पक्षमा बोल्छन या रामचन्द्र पौडेलको पक्षमा यो भने केहि दिनमा नै थाहा लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक