2026-06-28 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीका सेक्रेटरीसहित चार जना पक्राउ

2017-04-13

कृष्ण कँडेल/चैत ३१, बागलुङ ।  निर्वाचन विरोधि गतिविधिमा सहभागि भएको भन्दै प्रहरीले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि बागलुङका सेक्रेटरी सहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–४ लाममेलामा पार्टिको एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रमको तयारी गर्दै गर्दा सेक्रेटरी छमबहादुर सेन, जिल्ला सदस्यहरु बाबुराम आचार्य, डिलबहादुर कुमाल र सुमित घर्तीलाई  प्रहरीले कार्यक्रम स्थालबाटै बिहिबार दिउसो १ बजे पक्राउ गरेको हो । 

आगामि स्थानिय तहको निर्वाचनको विरोध गर्दै कार्यक्रम गर्न लागिएको भन्ने सुचनाका आधारमा उनिहरुलाई सोधपुछका लागि पक्राउ गरिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी ईन्सपेक्टर कृष्ण राना मगरको नेतृत्वमा गएको 

टोलीले पक्राउ गरि उनिहरुलाई बुर्तिबाङमा ल्याएको छ । सांस्कृतिक प्रस्तुतिको तयारी गरिरहेको कलाकारको समुहलाई भने प्रहरी पक्राउ गरेको छैन । उनिहरु कार्यक्रम स्थलबाट फर्र्किएका छन् । 

पार्टिका जिल्ला ईन्चार्ज बिकिरण क्षेत्रीले एक विज्ञाप्ति प्रकाशन गरि शान्तिपुर्ण रुपमा कार्यक्रममा सहभागि भईरहेका आफ्ना नेता कार्याकर्तालाई बल प्रयोग गरि प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।  

नेपाल कम्युनिष्ट पार्टिले निर्वाचनको खारेजी गर्ने भन्दै चैत्र ३१ गतेदेखि बैसाख ६ गतेसम्म जिल्लाको तमान, बोङ्गादोभान, बुर्तिबाङ, खर्बाङ, हटिया, बलेवा र बागलुङ बजारमा साँस्कृतिक प्रश्तुति सहित निर्वाचन खारेजीका लागि कार्यक्रम गर्ने यस अघि नै घोषणा गरेको थियो । 

बैसाख १० गते म्याग्दीको सदरमुकाम बेनीमा बजारमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको उपस्थितीमा धौलागिरी स्तरीय प्रतिरोध सभा गर्ने घोषणा गरेको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी