2026-07-25 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चालाई पुनर्विचार गर्न सत्तारुढ दलको आग्रह

बैशाख २, काठमाडौं । सत्तारूढ दलले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको बैठकले यस्तो आग्रह गरेको छ ।

मोर्चालाई सहमतिमा ल्याउन उसैको परामर्शमा संसदमा रहेको विधेयक फिर्ता गरी नयाँ विधेयक ल्याए पनि त्यसलाई स्वीकार नगरेर मोर्चाले धोका दिएको सत्ता घटकको विश्लेषण छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा मोर्चा किन सत्ता घटकसँग दूरी बढाउने मनस्थितिमा पुग्यो भनी आफूले बुझ्न नसकेको बताएका थिए ।

‘मोर्चाको माग सम्बोधन गर्न हामीले उनीहरूकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौं तर त्यसलाई अस्वीकार गरी गम्भीर भूल गरेका छन् भन्ने बैठकको निष्कर्ष रह्यो,’ बैठकपछि काठमाडौंको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘अझै पनि मोर्चाले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्छ, त्यसका लागि हामी अन्तिम समयसम्म पहल गर्छौं ।’ तीनै सत्ता घटक दलले कुनै पनि बहानामा स्थानीय चुनाव सार्न नसकिने पनि दोहोर्‍याएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष थापा सहभागी थिए । शुक्रबारै बसेको सत्तारूढ माओवादी केन्द्र बैठकले मोर्चालाई सहमतिबाटै संविधान संशोधन र तीनै तहको चुनावमा सहभागी हुन आग्रह गरेको छ । 

बालुवाटारमा बसेको उक्त बैठकले मोर्चासँग वार्ता जारी राख्न सरकारलाई सुझाएको छ । प्रधानमन्त्री दाहालले मोर्चा नेतालाई टेलिफोन गर्दै सहमतिमा आउन जोड गरिरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक