कृष्ण कँडेल/बैसाख २, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ ढोरपाटन नगरपालिकाको पहिलो नगर सम्मेलनले चन्द्र आर्यालको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति गठन गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख २, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ ढोरपाटन नगरपालिकाको पहिलो नगर सम्मेलनले चन्द्र आर्यालको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति गठन गरेको छ ।&n"/>

2026-06-28 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्षमा चन्द्र अर्याल

2017-04-15


कृष्ण कँडेल/बैसाख २, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ ढोरपाटन नगरपालिकाको पहिलो नगर सम्मेलनले चन्द्र आर्यालको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति गठन गरेको छ । 

शुक्रबार बुर्तिबाङको तुल्सीनगरमा भएको पहिलो नगर सम्मेलनले ५७ सदस्यीय पुर्ण, २७ बैकल्पिक र १५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । नगरकमिटिको उपाध्यक्षमा सेरमान घर्ती, सचिवमा भिम गौतम, सहसचिव बलबहादुर सिरपाली र कोषाध्यक्ष त्रिदेबि छन्त्याल रहनुभएको छ ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर–४ का संयोजक हरि अधिकारी कुमारले उद्घाट गर्नुभएको हो । उद्घाटनपछि बोल्दै उहाँले जुनसुकै अबस्थामा पनि बैसाख ३१ गते स्थानि निर्वाचन हुने भन्दै त्यसमा संका नगर्न आग्रह गर्नुभयो । 


सवैलाई समेटेर निर्वाचन गराउन सरकारले अन्तिमसम्म पनि प्रयास गर्ने तर त्यसमा पनि कोहि कसैले निर्वाचनमा सहभागिता नजनाए उनिहरु आफै छुट्ने अधिकारीको भनाई छ । नेता अधिकारीले माओवादी आन्दोलनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गरेर संघियता, समावेशिता सहितको गणतन्त्रको स्थापना गरेको भन्दै त्यसको बास्तविक कार्यान्वयका लागि आफ्नो पार्टिको नेतृत्व आवश्यक रहेको दाबि गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बागलुङका सहईञ्चार्ज फमलाल निउरे, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जिल्ला अनुसासन समितिका सदस्य तुल्सीराम आर्याल, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईन्चार्ज राजिब घिमिरे, निसीखोला गाउँपालिका अध्यक्ष प्रेमबहादुर घर्ती, नेपाली काँग्रेसका क्षेत्रीय सभापति द्रोणकुमारा कुँवर, नेकपा एमालेका जिल्ला सदस्य केसर छन्त्याल, राष्ट्रिय जनमोर्चाका शिबलाल चालिसे, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव जितबहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला सदस्य कमला अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गित तथा नाच समेत प्रश्तुत गरिएको थियो । 


नेकपा माओवादी केन्द्रले नगर सम्पर्क कार्यालय पनि हिजै उद्घाटन गरेको छ । बुर्तिबाङ बजारको सिनेमा रोडमा पार्टिका केन्द्रिय सचिवालय सदस्य हरि अधिकारीले रिबन काटेर कार्यालयको शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । सम्मेलन उद्घाटन अघि बाजागाजा र नाराजुलुस सहितको ¥यालीले बुर्तिबाङ बजारको परिक्रमा गरेको थियो । 

उद्घाटन कार्यक्रम ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र सहईन्चार्ज चन्द्र आर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित नगर समितिको बैठक आज बिहान बस समसायिक विषयमा निर्णय गरिने अध्यक्ष चन्द्र आर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी