Image may contain: 1 person, beard and closeup Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 1 person, beard and closeup
2026-06-28 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरसंयोजकमा गिरी– एमाले र काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लाइन

2017-04-15

Image may contain: 1 person, beard and closeupकेसी पर्वत । कुश्मा नगरपालिकाको नगर कमिटिको अध्यक्षमा शंकर गिरी सर्वसहम रुपमा चयन भएका छन् । माओवादी केन्द्रको नगर सम्मेलनले गिरीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटि गठन गरेको हो । समितिको  उपाध्यक्ष राम पराजुली, सचिव मिनराज केसी, कोषाध्यक्ष राम अधिकारी, सहसचिव सिता परियार रहेका छन् ।

नेकपा माओवादी केन्द्रको नगरस्तरीय कमिटि युवाहरुको नेतृत्वमा पुग्नुले आगामी चुनावमा समेत राम्रो नतिजा ल्याउने माओवादी बौद्धिक केन्द्रले विश्लेषण गर्न थालेको छ । माओवादी केन्द्रमा युवापंक्तिको लाभलस्कर हुनुले आगामी चुनावमा यसको राम्रो प्रभाव पर्ने देखिएको छ । 

नगर कमिटिको अध्यक्षमा सर्वसहमत चयन भएको गिरी  २०५६ सालमा क्रान्तिकारी आन्दोलनबाट राजनीतिमा संलग्न भएका व्यक्ति हुन उनले  २०६५ सालमा तत्कालीन नेकपा माओवादी कास्कीको जिल्ला सदस्यताबाट पूर्ण रुपमा राजनीतिमा होमिएका थिए भने अहिले उनी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका छन् । 

नगर सम्मेलनका प्रमुख अतिथि स्थायी कमिटि सदस्य हरि अधिकारीले जसको एजेण्डा उसको जित हुनुपर्नेमा जोड दिए । उनले माओवादीले उठाएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशीता लगायतका मुद्धाहरुलाई स्थापित गर्न सफल हुनुनै माओवादीको पहिलो जित भएको बताए । अबको चुनावमा एजेण्डा विनाका दललाई भोट दिनुको कुनै पनि औचित्य नरहेको भन्दै काम गर्नेलाई भोट दिनुपर्ने र सोही अनुसार पार्टी नेतृत्वहरु लाग्नुपर्नेमा जोड दिए । अझै पनि शीर्ष दलहरु स्थानीय तहको चुनावको मिति फेरबदल गर्न र कोहि चुनाव रोक्नको लागि लागि परेको भन्दै सचेत नागरिक जाग्नुपर्ने बेला आएको उनको तर्क थियो ।

अधिकारीले संघीय गणतन्त्रको स्थापना र सोही अनुसार नागरिकलाई घरदैलोमा सेवा सुविधा दिने सोचका साथ अघि बढेको भन्दै देशलाई समृद्ध बनाउको लागि पनि माओवादी केन्द्रको जित हुनुपर्नेमा जोड दिए । उनले देशलाई विकासतर्फ उन्मुख गराउनको लागि केन्द्रको विकल्प नभएको भन्दै चुनाव प्रचारप्रसारमा जुट्नुपर्ने बताए ।

पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नेत्र अधिकारीले माओवादीले काम गर्ने तर जस लिन नजान्ने भएका कारण पनि पछि परेको बताए । उनले ०६४ सालामा पहिलो पार्टी बनेको माओवादी आफूले ल्याएका एजेण्डाबारे जनतामाझ स्पष्ट राख्न नसकेका कारण पनि दोस्रो संविधानसभामा पराजय व्यहोर्नुपरेको भन्दै अबको स्थानीय तहको चुनावमा माओवादीलाई जिताउनको लागि लागि पर्नुपर्नेमा जोड दिए । उनले माओवादीको सोझोपनको अरुले गलत प्रचार गरी फाइदा लिएको भन्दै अब सचेत हुनुपर्नेमा जोड दिए ।

Image may contain: 8 people, indoor

वाइसिएल प्रदेश ४ इन्चार्ज एवं केन्द्रिय सदस्य समुन देवकोटाले वाइसिल अब जाग्नुपर्ने बताए । पार्टीले वाइसिएललाई रोकेका कारण चुप लागेर बसेको भन्दै अब आफूहरु चुप लाग्ने पक्षमा नरहेको बताए । उनले बाघले चार घण्टा शिकार गरी २० घण्टा आराम गर्ने गरेको र वाइसिएलले पनि आराम गरी बस्दा वाइसिएल हरोयो भन्नेलाई अब शिकारमा वाइसिएल निस्कीएर देखाउनुपर्ने बेला आएको बताए । वाइसिएल चुप बसेकै कारण देशका उदण्ड, बलत्कार, चोरी दकैती लगायतका घटनाहरु बढेको भन्दै अब वाइसिएले जाग्ने बताए । उनले अब वाइसिएल जाग्न लागेको भन्दै अब कुनै पनि शक्तिले वाइसिएलको सामाना गर्न नसक्ने बताए । 

Image may contain: 7 people, people standing and indoor

माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुवँर, सुमन देवकोटा, ढाकाराम गौतम, दिपक आचार्य, मानबहादुर पौडेल, मनरुपा सुवेदीले माओवादी केन्द्रलाई देशको पहिलो शक्ति बनाउनको लागि  पार्टीका एजेण्डा सहित गाउँगाउँमा पुग्नुपर्नेमा जोड दिए । उनीहरुले अबपनि चुप लागेर बस्ने हो भने त्यसको फाइदा अन्य दलहरुले लिने भन्दै अब यथाशिघ्र चुनावको प्रचारप्रसारलाई तिब्र पार्नुपर्नेमा जोड दिए ।

Image may contain: 2 people, crowd

नीति हाम्रो जित अरुको हुन सक्दैन, जसको नीति उसैको जीत सुनुश्चित हुनुपर्छ त्यसैले अब हाम्रो  युवापंक्ति जाग्नुपर्छ उनीहरुले भने । नगर सम्मेलनमा विभिन्न राजनीतिक दलका आधा दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लब माओवादीबाट राम अधिकारी, नेपाली काँग्रेसबाट प्रदिप सुवेदी, राम बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाबाट पूर्ण बहादुर कुवँर, सुनिल पौडेल, विनोद नेपाली रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी