बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

2026-06-28 06:12 AM
काठमाडौँ - KTM

मिति सारेर भए पनि एकै चरणमा चुनाव: पौडेल

2017-04-16

बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो । 

“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उहाँको भनाइ छ । 

मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी