2026-06-27 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

उम्मेदवार चयनमा व्यस्त नवलपरासीका राजनीतिक दल

2017-04-16

बैशाख ३, नवलपरासी । राजनीतिक दल यतिबेला स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनमा व्यस्त छन् । मधेस केन्द्रित दलबाहेक अरू सबै दल यतिबेला उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका हुन् । 

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात वटा नगरपालिका र आठ वटा गाउँपालिका छ । गाउँपालिका वा नगरपालिकामा चयन हुने प्रमुख उपप्रमुख, सदस्य, महिला सदस्य, समावेशी सदस्य लगायतका सम्भावित उम्मेदवार छनौट गर्न लागिपरेका छन् । 

विशेषगरी जिल्लाका शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतले पार्टीभित्र लोकप्रिय र निर्वाचन जित्न सक्ने सम्भावित उम्मेदवार छनौटमा लगिपरेको पाइन्छ । 

सम्बद्ध दलले यतिबेला गाउँ वा नगरबाट सम्भावित उम्मेदवारको नामावली सङ्कलन गरी क्षेत्रमा पठाइसकेका छन् भने कुन उम्मेदवारले चुनाव जित्न सक्छ भन्ने योजनासाथ क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पठाउने अन्तिम तयारीमा रहेको बताइएको छ । 

१५ वटा स्थानीय तह निर्धारण गरिएको नवलपरासीमा विशेष गरी नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिने अवस्था छ । यद्यपि आफ्ना जायज माग पूरा गरी संविधान संशोधन गरे मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने मधेसी मार्चाको अडान कायमै छ । तर मधेसी मोर्चाले पनि आफ्नो चुुवानी अभियान बाहिर नदेखाए पनि आन्तरिक रुपमा तयारी गरिरहेको छ । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता रहेकामा आठजना तेस्रोलिङ्गी छन् । 

यस जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी