2026-07-25 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सात वर्षदेखि उपचार भएन

बैशाख ३, काठमाडौँ । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाँचिदिएको सात वर्ष बित्दासमेत कागेश्वरी मनोहरा नगरपालिकाका न्हुच्छे नगरकोटीले उपचार पाउनुभएको  छैन । 

बि सं २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौँ आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो । सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदा पनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको उहाँले बताउनुभयो । 

अशक्त नगरकोटी हाल सो नगरपालिकाको वडा नं २ आलापोटस्थित आफ्नै घरमा अनशन बस्दै आउनुभएको छ । नेपाल घुम्न आएका सिङ्गापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उहाँ मात्र नभई पर्यटक पनि सख्त घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् । “ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरे पनि मेरो उपचारका लागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्”, पीडित नगरकोटीले भन्नुभयो ।

बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण गर्न नसकेको उहाँको गुनासो छ । उहाँ हालसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका लागि धाइसक्नुभएको छ । सबै अस्पतालले करङको नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिए पनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उहाँको छ । 

ट्राभल्सका सञ्चालक पोखरेल दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्नुहुन्छ । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरे भने चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक