2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मोर्चाद्धारा नवलपरासी निर्वाचन कार्यालय एक घण्टा घेराउ

चैत ३,परासी।  पुर्ब निर्धारीत कार्यक्रम अनुसार आज मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालयलाई एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउन गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टीबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा गरी रामग्राम १ मा अवस्थित निर्बाचन कार्यालयमा पुगी कार्यालय घेराउ गरेको थियो ।

विभिन्न नाराबाजीका साथ मोर्चाका कार्यकर्ताहरुले कार्यालय घेराउ गर्दै पछिल्लो पटक सरकारले ल्याएको नयाँ संविधान संसोधन प्रस्ताव पनि अपुरो भएको आरोप लगाएका थिए । सरकारले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरि पटक पटक विभिन्न बहानाबाजी गर्दै आफनो कार्यकाल लम्बयाउन खोजेको मोर्चाले आरोप लगाउदै मोर्चाको माग सम्बोधन नभएसम्म मधेशमा कुनै प्रकारको चुनाव हुन नदिने बताएको छ ।  घेराउ कार्यक्रममा मोर्चामा आबद्ध तमलोपा, संघिय समावबादी, गणतान्त्रीक, तमसपा लगायत पार्टी सय भन्दा बढि कार्यकर्ताहरु बिरोध जुलुसमा सहभागी भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा