कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ ।&nb"/>
2026-09-19 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमै पहिलो पटक जनमोर्चाको उम्मेद्वार सहित चुनाब प्रचारात्मक कार्यक्रम

कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ । 

पार्टीले ढोरपाटन नगरपालिकाको लागि तय गरेको नगर प्रमुखका उम्मेद्वार गौरिश्वर पाण्डे र उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्ती र केन्द्रिय टोलीको उपस्थितीमा सांस्कृतिक प्रश्तुति सहित बुर्तिबाङ बसपार्कमा कार्यक्रम भएको हो । बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार घोषणा गरि नगरप्रमुख र उपप्रमुखका उम्मेद्वार सहितको पश्चिम बागलुङमै पहिलो कार्यक्रम जनमोर्चाले गरेको हो ।  

‘प्रजातान्त्रिक बिकेन्द्रियता, संबिधानको कार्यान्वय र स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अभियानका गण्डकी–धौलागिरी संयोजक तथा सांसद मिना पुनले संविधान संसोधन राष्ट्रको आबश्यकता नभएर विदेशीको स्वार्थ पुर्तिका लागि ल्याईएको भन्दै तत्काल सदनबाट फिर्ता लिन माग गर्नुभयो । उहाँले संयुक्त मधेसी मोर्चाले उठाएका माग पुरा गरे मुलुक बिखण्डन हुने तर्क तर्क गर्दै त्यसले मधेसका जनताको पनि हित नगर्ने दाबि गर्नुभयो ।

संसद पुनले राष्ट्रियताको रक्षा गर्दै मुलुकमा सुसाशन कायम गर्दै विकासको गतिमा अघि बढ्न आफ्नो पार्टिका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरका उम्मेद्वार गौरिश्वर पाण्डेले निस्वार्थ भएर स्थानिय विकासको गतिलाई अघि बढाउने स्वच्छ मनसायका साथ जनताको सेवा गर्न आफु प्रतिबद्ध रहेको भन्दै त्यसको लागि आफ्नो पार्टीको चुनाब चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपा मसालका प्रबक्ता बिमल शर्मा, अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवर र पार्टीको तर्फबाट ढोरपाटन नगरपालिकाको उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्तीले आफ्नो पार्टीले मुलुकको राष्ट्रियता र स्वाधिनताको पक्षमा सँधै लडेको भन्दै देश बचाउन आफ्नो पार्टिलाई जिताउन अपिल गर्नुभएको थियो । 

सो अबसरमा राक्तिम सांस्कृतिक अभियानका कलाकाहरुले गित र नृत्य मार्फत नागरिकको जनजिविका, मुलुकको स्वाधिनता तथा स्वतन्त्रताको लागि क्रान्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रम ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समितिका संयोजक धनबहादुर अदैको अध्यक्षता, विद्यार्थी नेता शिवलाल चालिसेको स्वागत र अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई