थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/>
2026-07-25 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रद्वारा मल्ममा भेला

थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्न भएको छ । 

भेलामा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले देश अहिले माओवादीको एजेन्डामा आईसकेको र अब ति उपलब्धीको संरक्षण गर्न स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र लाई मतदान गर्नु पर्ने बताउनु भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डिल बहादुर परियार र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका सहसचिव राज थापाले   प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । 

भेलामा वडा भित्रका विभिन्न जनवर्गीय संगठनका १ सय ५३ जना माओवादी कार्यकर्ताको सहभागिता रहेको थियो । भेलाले वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिका वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवारमा सुवेदार टिका बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । महिला सदस्य मन कुमारी चोखाल ‘सरिता’, मिना दर्जी, पदमा नेपाली अनि पुरुष सदस्यमा राज थापा, डिल बहादुर परियार, दल बहादुर थापा र लोक बहादुर थापालाई नगरमा सिफारिस गरेको छ । त्यस्तै निर्वाचन सफल पार्दै माओवादी केन्द्रको पोल्टामा चुनाव लाई केन्द्रित गर्न १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । जस अन्तरगत झिर्कामा शिवलाल दर्जी संयोजक, टोकरीमा विष्णु थापा संयोजक, अरबेदी, खालीमा दल बहादुर थापा संयोजक, भल्साङ, कोल, फलाटेमा सुरेश थापा संयोजक, गैराखर्क, आरानटोल, मल्मडाडामा प्रेम बहादुर दर्जी संयोजक, खोलापारी, साहनीडाडा, बतासेडाडामा लोक बहादुर थापा संयोजक, सिरबारेमा धन बहादुर दर्जी, मिन बहादुर दर्जी, छबिलाल दर्जी, र विष्णु नेपाली संयोजक, आंगाखेत, बामियाँ  र तल्लो सिरबारेमा ललित मरासिनी संयोजक रहेको समिति गठन गरेको छ । 

भेला नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, छबिलाल दर्जीको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक