बैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको"/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा माअाेवादीले बनायो पूर्व सभासदलाई मेयरकाे उम्मेदवार

२०७४, ४ बैशाख सोमबार ०८:३२

बैशाख ४, रामेछाप ।
नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको मन्थली नगर कमिटीको बैठकले पूर्वसभासद तथा नगर इन्चार्ज श्रेष्ठलाई मेयरमा उठाउने निर्णय सर्वसम्मत गरेको हो ।

२०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष रुपमा विजयी भएका श्रेष्ठ जिल्लामा निरन्तर क्रियाशिल रहदै आएका छन् ।

माओवादीबाट सभासद बनिसकेका श्रेष्ठलाई अहिले मेयरकाे उम्मेदवार बनाएपछि जिल्लामा छुट्टै तरङ्ग पैदा भएकाे छ ।

२०२९ सालमा मन्थली नपा–२ कठजोरमा जन्मिएका श्रेष्ठले २०४७ सालमा वामपन्थी पार्टीको सदस्यता लिएका थिए । २०५७ सालमा माओवादीको पूर्णकालिन सदस्यता लिएका श्रेष्ठ पार्टीको जिल्ला कमिटी सदस्य,जिल्ला कमिटीको सह–सचिव, राज्य कमिटी सदस्य हुँदै हाल पार्टीको महाधिवेशन आयोजक समितिको केन्द्रीय सदस्य रहेका छन् ।

यस्तै नेकपा माअाेवादी केन्द्रले मन्थली नगरपालिकाकाे उपमेयरमा मन्थली नपा -९ (साविकको पुरानागाउँ गाविसको बाहुनचुरा) की रीतादेवी घिमिरेलाई उठाउने भएकाे छ ।

घिमिरे माओवादीको जनमुक्ति सेनाको पृष्टभूमिबाट आउनुभएकाे हाे । उहाँ द्वन्द्वको समयमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर हुनुभएकाे थियाे ।
करिब २७ हजार मतदाता रहेको मन्थली नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा हुने पक्का भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा