बैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा माअाेवादीले बनायो पूर्व सभासदलाई मेयरकाे उम्मेदवार

४ बैशाख २०७४, सोमबार ०८:३२

बैशाख ४, रामेछाप ।
नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको मन्थली नगर कमिटीको बैठकले पूर्वसभासद तथा नगर इन्चार्ज श्रेष्ठलाई मेयरमा उठाउने निर्णय सर्वसम्मत गरेको हो ।

२०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष रुपमा विजयी भएका श्रेष्ठ जिल्लामा निरन्तर क्रियाशिल रहदै आएका छन् ।

माओवादीबाट सभासद बनिसकेका श्रेष्ठलाई अहिले मेयरकाे उम्मेदवार बनाएपछि जिल्लामा छुट्टै तरङ्ग पैदा भएकाे छ ।

२०२९ सालमा मन्थली नपा–२ कठजोरमा जन्मिएका श्रेष्ठले २०४७ सालमा वामपन्थी पार्टीको सदस्यता लिएका थिए । २०५७ सालमा माओवादीको पूर्णकालिन सदस्यता लिएका श्रेष्ठ पार्टीको जिल्ला कमिटी सदस्य,जिल्ला कमिटीको सह–सचिव, राज्य कमिटी सदस्य हुँदै हाल पार्टीको महाधिवेशन आयोजक समितिको केन्द्रीय सदस्य रहेका छन् ।

यस्तै नेकपा माअाेवादी केन्द्रले मन्थली नगरपालिकाकाे उपमेयरमा मन्थली नपा -९ (साविकको पुरानागाउँ गाविसको बाहुनचुरा) की रीतादेवी घिमिरेलाई उठाउने भएकाे छ ।

घिमिरे माओवादीको जनमुक्ति सेनाको पृष्टभूमिबाट आउनुभएकाे हाे । उहाँ द्वन्द्वको समयमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर हुनुभएकाे थियाे ।
करिब २७ हजार मतदाता रहेको मन्थली नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा हुने पक्का भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’