पढ्न करिब 2 मिनेट लाग्छ

बैशाख ४, रामेछाप ।
नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ ।

माओवादी केन्द्रको मन्थली नगर कमिटीको बैठकले पूर्वसभासद तथा नगर इन्चार्ज श्रेष्ठलाई मेयरमा उठाउने निर्णय सर्वसम्मत गरेको हो ।
२०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष रुपमा विजयी भएका श्रेष्ठ जिल्लामा निरन्तर क्रियाशिल रहदै आएका छन् ।

माओवादीबाट सभासद बनिसकेका श्रेष्ठलाई अहिले मेयरकाे उम्मेदवार बनाएपछि जिल्लामा छुट्टै तरङ्ग पैदा भएकाे छ ।
२०२९ सालमा मन्थली नपा–२ कठजोरमा जन्मिएका श्रेष्ठले २०४७ सालमा वामपन्थी पार्टीको सदस्यता लिएका थिए । २०५७ सालमा माओवादीको पूर्णकालिन सदस्यता लिएका श्रेष्ठ पार्टीको जिल्ला कमिटी सदस्य,जिल्ला कमिटीको सह–सचिव, राज्य कमिटी सदस्य हुँदै हाल पार्टीको महाधिवेशन आयोजक समितिको केन्द्रीय सदस्य रहेका छन् ।
यस्तै नेकपा माअाेवादी केन्द्रले मन्थली नगरपालिकाकाे उपमेयरमा मन्थली नपा -९ (साविकको पुरानागाउँ गाविसको बाहुनचुरा) की रीतादेवी घिमिरेलाई उठाउने भएकाे छ ।

घिमिरे माओवादीको जनमुक्ति सेनाको पृष्टभूमिबाट आउनुभएकाे हाे । उहाँ द्वन्द्वको समयमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर हुनुभएकाे थियाे ।
करिब २७ हजार मतदाता रहेको मन्थली नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा हुने पक्का भएकाे छ ।