2026-06-28 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दलित समुदायलाई महत्वपूर्ण पदमा उम्मेदवार बनाउन माग

बैशाख ५, कञ्चनपुर | कञ्चनपुरमा क्रियाशील राजनीतिक दललाई दलित अगुवाले स्थानीय तहको निर्वाचनका लागि दलित उम्मेदवारलाई महत्वपूर्ण पदमा उम्मेदवारका रुपमा अगाडि सार्न माग गरेका छन् । 

दलित उम्मेदवारले निर्वाचनमा विजय हासिल गर्नेप्रति शङ्का गर्दै राजनीतिक दलले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीको सूचीमा दलित समुदायका उम्मेदवारलाई समावेश नगरेपछि दलित अगुवा असन्तुष्ट भएका छन् । 

जिल्ला दलित समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष खडक एसकेले भन्नुभयो, “दलित समुदायका व्यक्तिलाई उम्मेदवार बनाउने राजनीतिक दलका उम्मेदवारलाई मात्रै मत हाल्छौँ ।” 

संविधानमा दलित समुदायको उत्थानका लागि राखिएका प्रावधानलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता गरी व्यवहारमा उतार्ने उम्मेदवार मात्रै स्थानीय तहको निर्वाचनमा विजयी हुने उहाँले बताउनुभयो । 

सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउने बाध्यकारी संविधानमै व्यवस्था भएको अवस्थालाई दया गरेर दिएजस्तो गर्ने र स्थानीय तहको महत्वपूर्ण पदमा कुनै पनि दलित उम्मेदवार खडा गर्न राजनीतिक दलले हिम्मत नगरेको दलित अगुवा नरेश सिलालले बताउनुभयो । 

“जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बनाइएका दलित उम्मेदवारलाई विजयी बनाउन सबै एकजुट भएर लाग्छौँ” उहाँले भन्नुभयो । 

“समतामूलक समाज निर्माणका लागि अगाडि बढ्ने विगतमा प्रयास गरेका र दलितलाई राजनीतिक क्षेत्रमा अगाडि ल्याउन भूमिका खेलेका राजनीतिक दललाई मात्रै यस पटकको निर्वाचनमा दलित समुदायले मत दिन्छन्” दलित अगुवा ईश्वर सुनारले भन्नुभयो । 

विद्यमान कानुनअनुसार समाजमा छुवाछूतको अन्त्य भए पनि व्यवहारमा अन्त्य नभएको धारणा अघि सार्दै उहाँले दलित माथिको विभेदकारी सामाजिक उत्पीडन अन्त्य गर्नका लागि दलित समुदायकै व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउनु पर्ने बताउनुभयो । 

दलित समुदायका व्यक्तिलाई वडा अध्यक्षमा समेत उम्मेदवार बनाउनबाट वञ्चित गर्ने परिपञ्च रचिँदै आएकाले यसका विरुद्ध दबाब सिर्जना गर्नुपर्ने शुक्लाफाँटा दलित नगर समन्वय समितिका संयोजक शिवी लुहारले बताउनुभयो । 

सातवटै नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा दलित समुदायका व्यक्तिलाई मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलगायतका पदमा सम्भावित उम्मेदवारका रुपमा राजनीतिक दलले अगाडि सार्न नसक्नु विडम्बना भएको उहाँले बताउनुभयो । 

दलित प्रतिनिधित्व नहुँदा नै विगतमा नगरपालिका र गाविसमा समेत एक जना कर्मचारी नियुक्त हुन नसकेको तथ्य अघि सार्दै दलित अगुवा रनसिंह सुनारले भन्नुभयो, “कर्मचारी नियुक्तिमा समेत कथित उपल्ला जातको बर्चस्व हुँदा दलित समुदायका व्यक्तिलाई त्यहाँसम्म पुर्याउने वातावरण समेत निर्माण गरिँदैन ।” 

कञ्चनपुरमा रहेको कुल जनसङ्ख्या चार लाख ५१ हजार २४८ मध्ये यहाँ दलित समुदायको जनसङ्ख्या एक लाखको हाराहारीमा छ । 

दलितमध्येका कामी र दमाईंको जनसङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत रहेको छ । मतदाता नामावलीमा नाम दर्ता गराएका दलित समुदायको सङ्ख्या भने ६० हजार बढी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी