2026-06-28 09:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पश्चिम बागलुङमा प्रमुख–उपप्रमुख बन्न काँग्रेसका दुई दर्जन आकांक्षी

कृष्ण कँडेल | बैसाख ५, बागलुङ | नेपाली काँग्रेशमा स्थानिय तहको निर्वाचनमा टिकट लिन चाहने गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखका आकांक्षीको नाम क्षेत्रीय समितिमा पुगेको छ । 

पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा रहेको एक नगरपालिका र तिन गाउँपालिकामा प्रमुख तथा उप्रमुखको उम्मेद्वार बन्न चाहनेले पार्टीले तोकेको निष्चित शुल्क सहित गाउँ तथा नगर समन्वय समितिमा नाम दर्ता गरेपछि त्यहाँ सर्बसम्मत नभएका नाम क्षेत्रीय समितिमा पठाईएको हो । 

तमानखोला गाउँपालिका

तमानखोलाको भने अध्यक्ष र उपाध्यक्ष दुबैको नाम गाउँपालिका समन्वय समितिमै सर्बसम्मत गरि एक÷एक जनाको नाम मात्र सिफारिस भएको छ । 

अध्यक्षमा जोगलाल बुढा र उपाध्यक्षमा मानसरी सेरचनको नाम गाउँपालिका समन्वयसमितिमै सर्बसम्मत गरेर क्षेत्रिय समितिमा पठाईएको समन्वय समितिका संयोजक खगेन्द्रमान पुनले जानकारी दिनुभयो । 

स्थानिय तहका प्रमुख तथा उपप्रमुखको उम्मेद्वारी सकेसम्म स्थानिय समन्वय समितिमै टुङ्गो लगाउने तर आकांक्षी धेरै भएर नटुङ्गिए क्षेत्रिय समिति र त्यहाँपनि टुङ्गो नलागे जिल्ला समितिमा पठाउने परिपत्र पार्टी केन्द्रले गरेको छ । 

ढोरपाटन नगरपालिका

पश्चिम बागलुङका स्थानिय निकाय मध्ये सवैको बढि चासो र चर्चामा रहेको ढोरपाटन नगरपालिकामा नगरप्रमुखमा झण्डै आधा दर्जनले नाम दर्ता गरेका छन् । 

महासमिति सदस्यहरु धिरप्रताप सिंह, अर्जुन सेरचन, पुर्व जिल्ला सदस्य मेषलाल शर्मा र दिपक अदैको नाम क्षेत्रिय समितिमा सिफारिस गरेको ढोरपाटन नगरसमन्वय समितिका संयोजक सालिकराम शर्माले जानकारी दिनुभयो । प्रमुखमा अर्का महाधिवेशन प्रतिनिधि सागर छन्त्यालको नाम पनि आफुकहाँ आईपुगेको क्षेत्रीय सभापती द्रोणकुमार कुँवरको भनाई छ । 

ढोरपाटन नगरको उपप्रमुखमा लिलमायाँ पुन, दिलमायाँ रामदाम र हितदेबि घर्तीको नाम क्षेत्रीय समितिमा पुगेको छ । 

बडिगाड गाउँपालिका

बडिगाड गाउँपालिकाबाट अध्यक्ष पदका लागि जिल्ला सदस्य गण्डकी थापा अधिकारी र महाधिवेशन प्रतिनिधि कृष्ण केसीको नाम सिफारिस भएको छ । 

उपाध्यक्षमा सिता श्रीस, अमरबहादुर श्रीस, सरस्वती रिजाल आचार्य र धनबहादुर थापाको नाम क्षेत्रीय समितिमा पठाएको गाउँपालिका संयोजक अर्जुन खरेलले जानकारी दिनुभयो । 

निसीखोला गाउँपालिका

निसीखोला गाउँपालकाबाट अध्यक्ष पदका लागि महाधिवेशन प्रतिनिधि तुलासिंह घर्ती, जिल्ला सदस्य तारानाथ पौडेल, गाउँपालिका समन्वय समितिका संयोजक ईन्द्र मल्लको नाम पठाईएको समन्वय समितिले जनाएको छ । 

क्षेत्रीय समितिले भने जिल्ला सदस्य प्रकाश कुँवर र भबेन्द्र कुँवरको नाम पनि प्राप्त भएको जानकारी दिएको छ । उपाध्यक्षमा हुमकुमारी गुरुङको नाम मात्र सिफारिस भएको समन्वय समितिका संयोजक ईन्द्र मल्लले जानकारी दिनुभयो । 

क्षेत्रीय समितिको तयारी

क्षेत्रीय सभापती द्रोणकुमार कुँवरले अब तत्काल क्षेत्रीय समितिको बैठक बसी उम्मेद्वारको अन्तिम टुङ्गो लगाउने बताएपनि बैठक कहिले बस्छ भन्ने खुलाउनुभएन । उम्मेद्वारका आकाङ्क्षिले सांसद ज्ञानकुमारी छन्त्याल काठमाण्डौमा रहेका कारण उम्मेद्वारी टुग्याउने क्षेत्रीय बैठक हुन नसकेको बताउने गरेका छन् । क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, सांसद र क्षेत्रीय सभापतीका निकटतम प्रतिद्वन्द्वि सहितको बैठकले सर्बसम्मत टुङ्ग्याउन नसके पदाधिकारी बैठकले सहमतीमा टुङ्ग्याउने केन्द्रको परिपत्र रहेको नेपाली काँग्रेश बागलुङका सभापती दिपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 

सभापती थापाले बैसाख ७ गते भित्र उम्मेद्वारको नाम जिल्लाले केन्द्रमा पठाउनुपर्ने भएकाले भोली जिल्ला कार्यसमितिको बैठक राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी