2026-09-18 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँ–नगरका निर्वाचन अधिकृत कार्यक्षेत्रमा

कृष्ण कँडेल | बैसाख ८, बुर्तिबाङ | बैसाख ३१ गतेको स्थानिय निर्वाचनका लागि स्थानिय तहका निर्वाचन अधिकृत आफ्नो कार्यक्षेत्र आउन थालेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेल बिहिबार बुर्तिबाङ आईपुग्नुभएको छ । 

बडिगाड गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्मा यसअघि नै आफ्नो कार्यक्षेत्र आईपुगरेर फेरी सदरमुकाम बागलुङ बजार फर्किसक्नुभएको छ । निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत सुवासचन्द्र लामिछाने भने अहिले जिल्ला सदरमुकाममै हुनुहुन्छ । 

निर्वाचनका लागि बैसाख १२ गते गाउँपालिका, नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय सुभारम्भ गर्न आयोगले निर्देशन दिईसकेको छ । बैसाख १६ गतेदेखि उम्मेद्वारी दर्ताको कार्यतालिका रहेको छ । यसको आन्तरिक तयारीका लागि आफु कार्यक्षेत्र आईपुगेको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेलले जानकरी दिनुयभो । 

निर्वाचन अधिकृतहरुले कार्यालय भवनको व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक कामको तयारी थालेको बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले उपसचिव स्तरका कर्मचारीलाई स्थानिय तहमा निर्वाचन अधिकृतको रुपमा जिम्मेवारी तोकेको छ । स्थानिय तहका कार्यकारी अधिकृत तथा निमित्त कार्यकारी अधिकृतलाई सहायक निर्वाचन अधिकृत तोकेको छ । 

जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी भने जिल्ला न्यायाधिसले पाएका छन् । स्थानिय निर्वाचन आउन अब २४ दिन मात्र बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा सहजकर्ता मार्फत स्थानिय तहका गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम समेत सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई