पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम"/>
2026-06-28 10:58 AM
पर्बत - PBT

कुश्मा नगरकोे उपमेयरमा जिज्ञासुको दावी

2017-04-21

पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम्म नेपालि काग्रेसमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने प्रतिबद्धता जनाएकी छिन् ।

सरकारले आगामी ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै निर्वाचनको माहौल बन्दै गएपछि उनले पनि उपमेयरमा दाबा गर्न थालेकी हुन । पार्टीको काम गरेर धेरै अनुभव प्राप्त गरिसकेको बताउँदै उनले एकपटक जनताको सेवा गर्ने सोच बनाएको बताईन । २०४५ साल देखि २ बर्ष सम्म र्खुकोट गाउँ कार्य समितिको सदस्य भएर निरन्तर रुपमा काम गर्देै आएकी उनी २०४८ सालमा गुप्तेश्वर बहुमुखि क्याम्पसको स्बबियु निर्बाचित कोषाध्यक्ष समेत बनेकी थिईन । नेपालि काग्रेसको सक्रिय सदस्य रहेकी उनी बिभिन्न सामाजीक संघसंस्थाहरुमा समेत संलन्न रहेर उदारहणिय कार्यहरु गर्देै आएकी छिन् । नेपाल महिला संघ जिल्ला कार्य समिति पर्बतको सचिब समेत रहेकी उनि नेपाल महिला संघ, नेपाल तरुण दल, तथा नेपाल प्रेस युनियनको महाधिबेशन प्रतिनिधी समेत रहेकी छिन्  ।

Image may contain: 1 person, standing and outdoor

नेपालि काग्रेसमा रहेर धेरै लामो समय काम गर्देै आएको अनुभबलाई संगालेर नै आफु उपमेयरमा दाबा गरेको उनले बताईन । मेयरमा पनि दाबा गर्न आफ्नो क्षमता हुदा हुदै पनि सबैको सजिलोका लागि आफु उपमेयरमा उठेको उनको भनाई छ । सबैको चाहना अनुसार नै आफू उम्मेदवार बन्न चाहेको बताउँदै मेयरमा नभई उपमेयरमा उठेपनि आफ्नो जित सुनिश्चित रहेको र सधै जनताको सेबामा लाग्ने प्रतिबद्धता ब्यक्तm गरिन । उनले पार्टिले आफुले गरेको कामको कदर गरेको भन्दै उपमेयरमा पार्टिले जुनसुकै हालतमा  टिकट दिलाउने कुरामा उनि बिश्वस्त रहेकी छिन् ।

स्थानिय तहको निर्बाचन मात्र नभएर माघ ७ गतेसम्म तीनवटा निर्वाचन गरिसक्नुपर्ने छ, अन्य निर्वाचनमा अरुलाई अवसर दिएर जिताउने आफ्नो जिम्मेवारी रहने उनको भनाई छ ।  पुरुषको जत्तिको अधिकार महिलाहरुको पनि रहेको भन्दै स्थानीय तहको निर्वाचनमा पनि पार्टीले त्यस अनुसारको अनुपातमा टिकट दिनुपर्ने उनको तर्क छ । महिलाका लागि संविधानमा केही अधिकार दिएको भएपनि त्यसलाई व्यवहारिक कार्यान्वयन गर्न समस्या भएको उनको भनाई छ । महिलाले जिम्मेवारी लिएका जुनसुकै ठाउँमा पनि आफ्नो कर्तव्य पूरा गरेको बताउँदै उनले महिलालाईै सधैं सकारात्मक रुपले हेर्न समेत आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी