2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्थानिय निर्वाचन शान्तीपुर्णरुपमा सम्पन्न गर्ने दलहरुको प्रतिबद्धता

मकरराज धामी/बैशाख ८, बझाङ । यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई शान्तीपुर्ण र निर्वाघरुपमा सम्पन्न गर्न बझाङ राजैतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 

जिल्ला प्रशाशन कार्यालयमा बसेको जिल्लाका क्रियासिल राजनैतिक दलका प्रमुख, जिल्ला बाट प्रतिनिधित्व गरिरहनु भएका व्यवस्थापिका संसद सदस्यहरु गाँउपालिका तथा नगरपालिकाका मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायाका प्रमुखहरुको उपस्थिति रहेको बैठकमा स्थानिय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक हरेक अभ्यासका लागी तयार रहने प्रतिवद्धता व्यक्त गरेका हुन । 

निर्वाचन प्रचारप्रसारको क्रममा गरिने चुनावि सभा,जुलुस¥याली आदी मुडभेड नहुने तरिकाले एकै ठाँउ,एकै समयमा नगर्ने, एक अर्काको कार्यक्रम नविथोल्ने, अरुलाई दवाव नदिने, डरत्रास नदेखाउने  आफ्ना कार्यकर्तालाई हातहतियार लिई निर्वाचनमा अवधिभर हिडडुल गर्न नदिने, वालवालिकाको प्रयोग नगर्ने मत सदर गर्न मतदाता शिक्षामा जोड दिने जस्ता बुदाँहरु माथि प्रतिवद्धता व्यक्त गरेका हुन । 

राजनैतिक दलहरु वीच एक आपसमा र राजनैतिक दलहरु तथा निर्वाचनमा खटिएका पदाधिकारीहरु लगायत स्थानिय प्रसासन तथा सुरक्षा निकायहरु विच समन्वय गरि स्थानिय तहको निर्वाचन आचारसहिंता २०७३ को पुर्णरुपमा पालना गर्ने समेत प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई