बैशाख १०, घोराही । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १०, घोराही । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ । 
२०८३, १८ जेष्ठ सोमबार
दाङ्ग - DNG

दाङमा माओवादीका यस्ता छन् उम्मेदवार, तुल्सीपुर र राजपुरमा टुंगो लागेन

२०७४, १० बैशाख आईतवार ०४:१९

  1. बैशाख १०, घोराही । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ । 

तुलसीपुरमा उपमेयरको उम्मेदवारको विषय टुंगो लाग्न बाँकी छ भने राजपुरमा प्रमुख उम्मेदवारमा विवाद छ । राजपुरमा विवाद भएपछि तेस्रो तहको व्यक्तिलाई उमेद्वार बनाउने सम्भावना रहेको स्रोतले बतायो । 

घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार भने जीवन गौतमलाई बनाइएको छ । गौतम माओवादी केन्द्र घोराहीका इन्चार्ज हुन् । उनी नारायणकाजी श्रेष्ठसँगै एकता प्रक्रियामा आएका थिए । प्रतिबद्धतापत्र सार्बजनिक तथा उमेद्वार घोषणा कार्यक्रममा गौतमले स्थानीय सरकारको वास्तविक अनुभूति गराउनका लागि आफ्नो उम्मेदवारी भएको बताए । घोराहीलाई केन्द्रविन्दु बनाएर प्रदेशको राजधानी दाङ बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै गौतमले समृद्ध उपमहानगरको खाका आफूसँग रहेको दावी गरे । 

मेयरमा चुनाव लड्ने दाङकी एक्ली महिला 

माओवादी केन्द्रले लमही नगरपालिकाको मेयरमा द्रोपदा पौडेल र उपमेयरमा कालुराम चौधरीलाई अघि सारेको छ । सम्भवत उनी मेयर पदमा चुनाव लड्ने दाङकी एक्ली उम्मेदवार हुन् । 

पौडेलले दोस्रो जनआन्दोलन ०६२/६३ मा नागरिक समाज देउखुरीको संयोजक भई जनआन्दोलनको नेतृत्व गरेकी थिइन् । समाजसेवामा सक्रिय पौडेल २०५२ सालबाट नै माओवादीको राजनीतिमा लागे पनि भूमिगत भने भइनन् ।

आफू एउटा पार्टीबाट उम्मेदवार बनेपनि सबै महिलाको प्रतिनिधित्व गर्दै महिला अधिकार र विकासको क्षेत्रमा काम गर्ने पौडेलले बताइन् । 

माओवादीले राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता अधिकारी तथा शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियारलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै, बबई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपाने र दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी रहेको माओवादी केन्द्र दाङका सहइन्चार्ज हेमराज शर्मा डायमण्डले जानकारी दिए । टुङ्गो लाग्न बाँकी ठाउँमा पनि एक-दुई दिनभित्रै निर्णय गरिने उनले बताए । 

कांग्रेस र एमालेले काम गरेनन्ः शर्मा

घोराही उपमहानगरपालिकाले उम्मेदवार घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले स्थानीय तह पहिलेको गाविस र नगरपालिकाको जनप्रतिनिधिहरुको चुनाव नभई स्थानीय सरकारकै निर्वाचन भएको बताइन् । स्थानीय तहको जन्मदाता माओवादी भएको भन्दै नेता शर्माले स्थानीय तहको वास्तविक कार्यान्वयन र नेतृत्व पनि माओवादीले मात्रै गर्न सक्ने बताइन् ।

वर्षौंदेखि कांग्रेस एमाले सत्तामा बसेर पनि जिल्लाको विकासमा कुनै काम गर्न नसकेको दावी गर्दै नेता शर्माले माओवादी शान्तिप्रक्रियामा आएयताका १० वर्षभित्र दाङमा उल्लेख्य विकास भएको बताइन् । जिल्लाको विकासका लागि कसले कति काम गर्‍यो, त्यसको उचित हिसाब गरेर विकास गर्नेहरुलाई जिताउन पनि उनले मतदाताहरुलाई अपील गरिन् ।

कार्यक्रममा पार्टीको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरका उम्मेदवार तथा जिल्ला इन्चार्ज जीवन गौतमले केही दिनभित्रै घोराही उपमहानगरको विकासका लागि आफ्नो प्रतिबद्धता पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए ।

यसैबीच घोराहीमा भएको कार्यक्रममा कांग्रेसका पुराना नेता प्रमोद देवकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य प्रेमबहादुर थापासहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । - डिल्ली मल्लबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ