बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/>
2026-07-25 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप

बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्री थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री थापा चुप लागेर बसेको आरोप लगाए । ‘स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीज्यूको मौनता देख्दा हामीलाई शंका लागको छ ।’ उनले मन्त्री थापाकै संलग्नता भ्रष्टाचार भइरहेको समेत आरोप लगाए । 

शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्‍नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताए  । अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए । बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइरहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए । 

सामाग्री खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भईरहेको छ ।’ उनले भरखरै मात्र वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक