पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्य"/>
2026-09-19 09:02 PM
पर्बत - PBT

पर्वतमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल –केपी ओली प्रचण्ड गुहार्दै

पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्यापी रुपमा बडार्ने सोचका साथ नेपाली काँग्रेस र माओवादी केन्द्रले योजना बनाएको बुझिएको छ । जिल्लामा एमालेको पत्ता साफ गर्ने अभियान लिएर अब काँग्रेस र माओवादी एक हुन सक्ने संकेत देखिएको छ ।

माओवादी केन्द्रको रणनीति कसरी हुन्छ देशमा एमालेको पत्ता साफ गराउने अभियान स्वरुप केन्द्रिय तह देखि स्थानीय तहसम्म रणनीति तय हुन लागेको बुझिएको छ । 

शर्माका अनुसार पार्टीले अन्य दलहरुसँग मिलेर चुनाव लड्न सकिने गरि नीति तय गरेकाले स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ । माओवादी केन्द्रले जिल्लामा कुनकुन क्षेत्रमा जित हासिल गर्छ भन्दा पनि कसरी जाँदा एमालेको शेष रहदैन भन्ने सोचका साथ लविङ गर्न थालिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग मिलेर एमालेलाई देशभरी पराजय गर्ने रणनीति तय गरेको सुइको पाएपछि एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई फकाउन थालेका छन् । ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई मिलेर जानको लागि आन्तरीक रुपमा फकाइरहेको बुझिएको छ । तर प्रचण्ड शेरबादुर देउवासाथमै रहेर एमाले सिध्याउने खेलमा रहेको देखिएको छ ।

भागबण्डकै आधारमा भएपनि काँग्रेस सँग गरे अगाडि बढ्ने माओवादीको योजनाले यतिबेला एमालेको सातो गएको छ । दुइ ठूला शक्ति मिलेर सत्ता पल्टाएको समयमा स्थानीय तहको चुनावमा पनि पल्टाउने हुन की भन्ने एमालेमा भय छ । त्यसैले पनि एमाले प्रचण्डलाई फकाउनको लागि परेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो