१३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ । उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ । उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । ।

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​संसद भवनमै प्रचण्ड र ओलीबिच झण्डै हात हालाहाल

२०७४, १३ बैशाख बुधबार १०:४१

बैशाख १३, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ ।

उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति जनाउदै संसद अवरोध गरिरहेको छ । अवरोध खुलाउन सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद भवनै भएको छलफलमा दुई नेताबीच सवाल जवाफ चलेको स्रोतले जनाएको छ ।


ओलीले तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएका थिए । उनले संविधान संशोधन बिधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए ।

जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्‍याएर संविधान संशोधन गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने(हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु ।’

प्रचण्ड र ओलीबीच भनाभन हुँदा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि सँगै थिए ।

एमालेले मधेसी मोर्चाका अनुचित माग एकपछि अर्को थपिँदै जाने र सत्तापक्ष बाहृय दबाव सामू लम्पसार पर्दै जाने अवस्था देखिएको भन्दै आक्रोश व्यक्त गरेको छ । दलहरुबीच सहमति नभएपछि संसद बैठक बस्न सकेको छैन । अहिले पनि शीर्ष नेताबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ