निर्मल पौडेल 

पर्वत,१३ बैशाख । नेपाली काँग्रेसको तर्फबाट महाशिला गाउँपालिका प्रमुखमा अशोक उच्चै ठकुरी र उपप्रमुखमा गोमा क्षेत्री भिड्ने भएका छन् । महाशिला गाउँपालिकामा ठकुरी र क्षेत्रीको पक्षमा जनलहर बेढेपछिसर्वसहमत हुने द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निर्मल पौडेल 

पर्वत,१३ बैशाख । नेपाली काँग्रेसको तर्फबाट महाशिला गाउँपालिका प्रमुखमा अशोक उच्चै ठकुरी र उपप्रमुखमा गोमा क्षेत्री भिड्ने भएका छन् । महाशिला गाउँपालिकामा ठकुरी र क्षेत्रीको पक्षमा जनलहर बेढेपछिसर्वसहमत हुने द"/>

2026-09-19 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाशिला गाउँपालिकामा एमाले विद्रोहको संकेत -प्रमुखमा ठकुरी र उपप्रमुखमा क्षेत्रीको दाबी

निर्मल पौडेल 

पर्वत,१३ बैशाख । नेपाली काँग्रेसको तर्फबाट महाशिला गाउँपालिका प्रमुखमा अशोक उच्चै ठकुरी र उपप्रमुखमा गोमा क्षेत्री भिड्ने भएका छन् । महाशिला गाउँपालिकामा ठकुरी र क्षेत्रीको पक्षमा जनलहर बेढेपछिसर्वसहमत हुने देखिएको छ । नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको उक्त गाउँपालिकामा उम्मेदवारद्वयको उम्मेदवारीले चुनावी रौनक बढेको छ । नेपाली काँग्रेसका प्रखर युवा नेता अशोक उच्चै ठकुरी र महिला नेतृ गोमा क्षेत्री महाशिला गाउँपालिकावासी हुन् । ठकुरी नेपाली काँग्रेसको जिल्ला सदस्य हुन भने क्षेत्री पूर्व विद्यार्थी संघको तेतृत्व गरिसकेकी महिला नेतृ हुन् ।

समाज सेवामा उल्लेख्य योगदान पु¥याएका उम्मेदवारद्वयले समाज सेवाको नाममा एनजिओ आईएनजिओको नाम लिएर समाजलाई कंगाल बनाइरहेका अन्य एनजिओकर्मी दलहरुको विरोध गर्दै आएकाे बताएका छन् । उनीहरुको उम्मेदवारीले अन्य दलहरलाई माथ गर्ने बलियो संभावना रहेको छ । ठकुरी र क्षेत्रकिो उम्मेदवारी सर्वसहमत हुनसक्ने नेपाली काँग्रेस पर्वतले जनाएको छ ।

गाउँपालिकावासी चन्द्र बहादुर ठकुरी एमाले निकट हुन । प्रमुखमा अशोक उच्चै ठकुरी र उपप्रमुखका दावेदार गोमा क्षेत्रीको गाउँपालिका बनाउने स्पष्ट धारणा छ । उनीहरुको उम्मेदवारी सर्वसहमत भए अधिकाँस एमालेका असुन्तुष्टि मतदाताहरुले समेत समर्थन गर्ने अवस्था रहेको छ । गाउँका हरेक सामाजिक कार्यमा अग्रसर रहने ठकुरी र क्षेत्रीलाई काँग्रेसले सर्वसहमति उम्मेदवारी दिए महाशिला गाउँपालिकामा उनीहरुको समर्थनमा एमालेको ठूलो समुहले विद्रोह गर्दै काँग्रेसको विजय सुनिश्चित हुने चन्द्रबहादुर ठकुरी बताउँछन् । अर्का एमाले निकट वेलवहादुर ठकुरी, कृष्ण विक, गुप्त बहादुर विक, वालकृष्ण अधिकारीको पनि यस्तै धारणा रहेको छ । उनिहरु भन्छन् –‘प्रमुखमा अशोक उच्चै ठकुरी र गोमा क्षेत्रीले उम्मेदवारी पाए महाशिला गाउँपालिकामा काँग्रेसको नेतृत्व आउने प्रवल सम्भावना बढेको छ ।

अशोक उच्चै ठकुरी २०५१ बाट नेपाल विद्यार्थीं संघको तात्कालिन इकाई अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका उनी ०५८ मा तरुण दल पर्वतको उपाध्यक्ष, २०६० मा पृथ्वीनारायण क्याम्पको स्वयू निर्वाचनमा तरुण दलको संयोजक भएका हुन् । ठकुरी मध्यपूर्वको पहिलो प्रजातान्त्रिक संगठन जनसम्पर्क समिति कतारको संस्थापक सदस्य समेत भएका हुन भने नेपाली काँग्रेसको १३ औं अबिधेशनबाट निर्वाचित जिल्ला कार्य समिति सदस्य समेत रहेका छन् । गोमा क्षेत्री नेपाली काँग्रेसका विभिन्न भातृसंगठनमा रहेर उल्लेख्य भूमिका निर्वाह गर्दै समाजसेवामा समर्पित हुँदै आएकी महिला नेतृ हुन् ।

उम्मेदवारद्वयमा गाउँमा व्याप्त छुवाछुत प्रथाको अन्त्य, सडक, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षाको पहुँच, विदेशमा गएका युवाहरुलाई गाउँमै रोजगार, प्राविधिक शिक्षामा जोड, पर्यटन, कृषि, पशुपालन जस्ता व्यावसायिक पेशाको आधुनिकीकरण गर्ने लक्ष्य रहेको छ । यस्तै मौसम अनुसार उत्पादित फलफुल तथा तरकारी खेतीको बजार व्यवस्थापनसँगै कोलड स्टोको व्यवस्थापन, गाउँपालिकामा खेल मैदान निर्माण, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणका साथै न्यायमा सर्वसुलभ र न्यायिक व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । गाउँमा हुने महिला हिंसाको अन्त्य र महिलालाई नेतृत्व तहमा पु¥याउने प्रतिवद्धता जनाएका छन् । महाशिला गाउँपालिका प्रमुखमा निवर्तमान जिल्ला कार्य समिति सदस्य उज्जवल गुरुङ, तरुणदल जिल्ला समिति सदस्य सन्तोष हमालले पनि उम्मेदवारीमा दाबी गरेका छन् भने उपप्रमुखमा विष्णु थापा र सिर्जना मल्लले समेत उम्मेदवारीको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो