2026-06-28 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार बन्न एकै जिल्लाबाट १२ शिक्षकले दिए राजीनामा

2017-04-26

बैशाख १३, खोटाङ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् । 

जिल्ला शिक्षा कार्यालयका अनुसार सिम्पानी क्याम्पसका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माविका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक वसन्त राई, पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका शिक्षक विमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हीरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बास्पानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सिमखर्क सुङ्देलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्कीले राजीनामा दिएका छन् । 

अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ । 

उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैशाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षा कार्यालयले जनाएको छ । पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा दिएका स्रोतको दाबी छ । 

सरस्वती मावि डाँडाखर्क छितापोखरीको प्रधानाध्यापकबाट राजीनामा दिनुभएका कार्र्की र जनता मावि बतासेको जागीर छाड्नुभएका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा रहनुभएको छ । पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिनुभएका खड्का एमालेका तर्फबाट दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहनुभको स्रोतले जनाएको छ । 

स्रोत व्यक्तिको पद छाडेर ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गर्नुभएका निरौला नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लाग्नुभएका कार्की हाल काँग्रेसका महासमिति सदस्यको भूमिकामा हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी