2026-09-19 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रदेश नम्बर ७ मा मतदाता शिक्षा कार्यक्रम स्थगित

बैशाख १३, डडेल्धुरा । यही बैशाख १ गतेदेखि प्रदेश नम्बर सातका सबै जिल्लामा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ ।

 सरकारको दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयअनुसार प्रदेश नम्बर सातमा जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

 मतदाताहरुको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न बैशाख १ गतेदेखि प्रदेश नम्बर सातका नौँ वटै जिल्लामा एक हजार सात सय ९० जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका थिए । जसमा डडेल्धुरामा एक सय १८, बैतडीमा एक सय ८७ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित थिए ।

 यस्तै उता कैलालीमा सबै भन्दा बढी ४ सय ९० र सबै भन्दा कम बाजुरामा बाजुरा ६९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको थियो । डोटीमा एक सय ५९ जना, अछाम एक सय ८९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

 यस्तै कञ्चनपुरमा २ सय ९३ जना, दार्चुला १ सय २७ जना र बझाङ १ सय ५८ जनालाई मतदाताहरुको घरमै गएर चुनावमा मतदानको बारेमा जानकारी गराउनको लागि परिचालित गरिएको थियो ।

 निर्वाचन आयोगको निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले जनाकारी दिएका छन् ।

 निर्वाचन आयोगले स्थनीय तहको निर्वाचनका लागि प्रदेश नम्बर सातमा ११ सय ८ मतदान स्थल र एक हजार सात सय ८० वटा मतदान केन्द्र यसअघि नै निर्धारण गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई