बैशाख १४, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १४, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन"/>
2026-07-25 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन घोषणापछि सङ्ख्या पुनरावलोकन धाँधलीपूर्ण: ओली

बैशाख १४, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ । 

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाउनुभयो । 

दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो । 

“दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना हो ।” अध्यक्ष ओलीले भन्नुभयो – “फिर्ता भइसकेको संविधान संशोधन विधेयक पुनः ल्याइनु पनि निर्वाचन र राष्ट्रहितविरोधी हो र एमालेलाई निर्वाचन विरोधी भनेर प्रचार गरिएको छ ।” 

उहाँले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराइसक्नुपर्छ भन्दै त्यसबीचमा प्रतिनिधिसभाको निर्वाचन नभए राजनीतिक र संवैधानिक सङ्कटमा जाने र निर्वाचन गराउन गैरदलीय सरकार बनाएको जस्तो विगतको घटना दोहो¥याउने प्रयास भइरहेको दाबी गर्नुभयो । 

प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु तमासाको विषय हो भन्दै उहाँले यस्तो अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो । 

एमालेको प्रचार क्षेत्रमा कार्यरत देशभरका प्रतिनिधि सहभागी भेलाको बन्दसत्रमा पार्टीका अन्य नेताहरुले अभिमुखीकरण गर्ने र प्रचारका योजना तय गर्ने जनाइएको छ । 

एमालेको चुनावी गीत सार्वजनिक 

यसैबीच आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) ले आज आफ्नो चुनावी प्रचार गीत सार्वजनिक गरेको छ । 

एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटा चुनावी गीति एल्बम सार्वजनिक गर्नुभएको हो । पुरुषोत्तम न्यौपाने, बद्री पङ्गेनी, राजु परियार, एकनारायण भण्डारी, वैकुण्ठ महत, राजा राजेन्द्र, महेश खड्का, रमेश थापा, अमृत खाती, अशोक राईलगायतका कलाकारले ती गीत गाउनुभएको हो । “सही पनि एमाले, मै पनि एमाले.., “भोट केमा सूर्यमा…”, “आफ्नो गाउँ, आफैँ अब बनाउनलाई उठौँ…” जस्ता बोलका गीत कार्यक्रममा प्रस्तुत भएका थिए । 

प्रवासी नेपाली मञ्च, ओमन र क्यानाडाले तयार गरेको अलगअलग गीति एल्बम पनि पार्टीका अध्यक्षलाई हस्तान्तरण गरियो । कार्यक्रममा अध्यक्ष ओलीले कलाकारलाई सम्मान गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक