2026-06-28 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

2017-04-27

बैशाख १४, पर्वत । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । 

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् । निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताउनुभयो । 

त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो । 

कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ । 

मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताउनुभयो । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उहाँले बताउनुभयो । उहाँले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जाने गरी आएको जानकारी दिनुभयो । 

सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो ।” 

पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । 

विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो ।  

पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ । 

उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी