2026-09-19 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका तीन विद्यार्थी संगठनले जिशिअलाई ज्ञापन पत्र बुझाए

मकरराज धामी/बैशाख १५, बझाङ । बझाङका तीन विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । 

निजी विद्यालयहरु लगायत सरकारी विद्यालयले पनि अनावश्यक रुपमा भर्ना शुल्क लिने गरेका कारण त्यसको विरोधमा जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । तीन मुख्य संगठन नेपाल विद्यार्थि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरुलाई तत्काल कारवाहि गर्न ज्ञापन पत्र बुझएका हुन । 

विद्यार्थी संगठनले निजी विद्यालयहरूले भौतिक तथा शैक्षिक सुविधा नदिने तर अभिभावक बाट चर्को शुल्क लिने गरेको कारण  केन्द्रिय सर्कुलर अनुसार आन्दोलन सुरु गरेको अनेरास्ववियुका अध्यक्ष हरिस बोहराले जानकारी दिनु भयो ।

जिल्लामा अनुमति नलिई निजी विद्यालय संचालन गरि रहेकोमा त्यस्ता विद्यालयलाई कारवाहि हुनु पर्ने, थप कक्षाको अनुमति नलिई कक्षा संचालन गरेको, सरकारी स्कुलहरुले पनि विद्यार्थिहरुबाट मनोमानि भर्ना शुल्क लिने विद्यालय लाई कारवाहि हुनु पर्ने, जिल्ला शिक्षा कार्यालय बाट वितरण भएका भौतिक पुर्वाधारको अनुगमन हुनु पर्ने  र जिल्ला सदरमुकाममै शैक्षिक माफियाहरु फैलिएकाले तत्कालै कारवाहि गरिनु पर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । 

केन्द्रीय सर्कुलर अनुसार आज जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गर्ने भए पनि आईतवार सम्म का लागी अल्टीमेट दिएको र माग सम्बोधन नभए कडा आन्दोलन गर्ने ने.बि संघका अध्यक्ष दिपक भण्डारीले बताउनु भयो । ज्ञापन पत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी सुरेन्द्र बहादुर सिंहले यसै महिनाको २० गते सम्म सबै मागको सम्बोधन हुने गरि समस्याको समाधान गर्ने बताउनु भयो ।

सार्वजनीक गर्न अभिभावकलाई अपिल गरेको छ । संगठनले १८ गते सोमबारदेखि सरकारी सवारी साधन सञ्चालन गर्न नदिने घोषणा गरेका छन् । संगठनहरूले आज ७५ वटै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । 

संगठनले आजै दिउँसो १ बजे शिक्षा विभागमा समेत तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको बैठकले १७ गते शिक्षा मन्त्री लगायतका शिक्षा निकायका सबै कर्मचारीलाई वहिष्कार गर्ने जनाएका छन् । विद्यार्थीले आन्दोलन फिर्ता नहुने संकेत देखिएपछि शिक्षा विभागले आज केन्द्रीय शुल्क अनुगमन समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई