नन्दराम जैशी | बैशाख १५, जुम्ला |  नँया शक्ति पार्टि जुम्लाले स्थानिय तहको निर्वाचनमा गाँउपालिकाको प्रमुखका लागि युवा उम्मेद्धारलाइ टिकट दिएको छ । जुम्लाका गाँउपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | बैशाख १५, जुम्ला |  नँया शक्ति पार्टि जुम्लाले स्थानिय तहको निर्वाचनमा गाँउपालिकाको प्रमुखका लागि युवा उम्मेद्धारलाइ टिकट दिएको छ । जुम्लाका गाँउपाल"/>
2026-06-28 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नयाँ शक्तिद्वारा जुम्लाका सबै गाँउपालिका प्रमुखमा युवालाई उम्मेद्धारी

नन्दराम जैशी | बैशाख १५, जुम्ला |  नँया शक्ति पार्टि जुम्लाले स्थानिय तहको निर्वाचनमा गाँउपालिकाको प्रमुखका लागि युवा उम्मेद्धारलाइ टिकट दिएको छ । जुम्लाका गाँउपालिकाको प्रमुखका लागि नँया शक्ति पार्टिका सबै उम्मेद्धार युवा रहेका छन् । पार्टिले आन्तरीक छलफल पछि गाँउपालिकामा प्रमुखका लागि युवा उम्मेद्धारलाइ नै टिकट दिएको हो । जिल्लाका सात वटा गाँउपालिका तथा एक नगरपालिका मध्य हालसम्म पाँच गाँउपालिका र नगरपालिकाको प्रमुखको उम्मेद्धार टुंगो नँया शक्ति पार्टिले लगाइ सकेको छ ।

जसमा सिंजा गाँउपालिकाको प्रमुखका लागि युवा उम्मेद्धार जयऋीषि उपाध्यायलाइ टिकट दिएको छ । २६ बर्षिय युवा उपाध्याय डिप्लोमा इन्जीनियर पास गरेर राजनितिमा लाग्नु भएको हो । नँया शक्ति पार्टिको केन्द्रमा परिकल्पना गरीएसँगै जिल्लामा युवा नेता जयऋीषि उपाध्याय राजनितिमा होमिनि भएको थियो । उहाले भन्नुभयो, मेरो उम्मेद्धारी समग्र सिंजा गाँउपालिकाको विकाससँगै बेरोजगारी युवाहरुलाइ रोजगारीको सृर्जना गरी आर्थिक समृद्ध बनाउनका लागि हो ।   

त्यसैले सिँगा गाँउपालिकाका सबै युवा तथा अन्य मतदाता मेरो पक्षमा हुनेछन् मेरो जित सुनिश्चीत छ । आफुले गाँउपालिकाको प्रमुखमा जितेपछि तत्काल गाँउपालिकामा देखिएको स्वास्थ, सडक, बिधुत् र टेलिफोन समस्या समाधान गर्ने प्रतिबद्धता गर्दै खेल र पर्यटन क्षेत्रको विकासका लागि अहम भुमिका खेल्ने जयऋीषि उपाध्याय बताउनुभयो । उहाले भन्नुभयो, जति मान्छे बुढिदै जान्छ, त्यति सोच र शक्ति हराउदै जान्छ, त्यसैले सिँजा गाँउपालिकामा युवालाइ नेतृत्व गर्ने अवसर जनताले दिनेछन् त्यो नेतृत्व आफैले गर्ने उपाध्यायले दावि गर्नुभयो ।   

यता तातोपानि गाँउपालिकाको प्रमुखका लागि उम्मेद्धारको टिकट पाउनु भएका धिरज महतले आफुले नेतृत्व गर्ने अवसर पाएमा उक्त गाँउपालिकालाइ जिल्लाकै नमुना बनाउने दावि गर्नुभएको छ । ६ बर्ष पत्रकारीताको अनुभव बटुल्नु भएका २३ बर्षिय युवा धिरज महतले अध्ययनले एसएलसि पास गर्नुभएको छ, भने जुम्लामा नँया शक्ति पार्टि स्थापना गर्न भुमिका खेल्नुभएको थियो । उहाले भन्नुभयो, समाजमा विद्यमान विभिन्न प्रकारका विकृति तथा भष्टाचार न्युनिकरणमा मेरो योगदान रहनेछ, मैले गाँउपालिकाको प्रमुखमा जितेभने गाँउपालिकाका भुमिहिन कृषकलाइ सार्वजनिक भुमि बाँडफाँड गरी एक घर एक बगैचा निर्माणमा जोड दिनेछु उहाको भनाइ छ ।

पर्यटकिय हिसाबले तातोपानि गाँउपालिका जिल्लाकै उत्कृष्ठ रहेको दावि गर्दै पाटनै पाटन रहेको साविकको ताम्ती गाविसलाइ मुख्य पर्यटकको केन्द्र बनाइने महतको तर्क छ । यसैबिच नँया शक्ति पार्टि जुम्लाले हिमा गाँउपालिकाको प्रमुखका लागि युवा नेता दर्शना शाहि, कनकासुन्दरी गाँउपालिकाको प्रमुखका लागि युवा नेता डबल बहादुर हमाल, गोठिचौर गाँउपालिकाको प्रमुखका लागि युवा नेता नारायण धिताल र उप प्रमुखका लागि गोरिकला विकलाइ टिकट दिएको छ ।

नँया शक्ति पार्टिका जिल्ला संयोजक राधाकृष्ण बुढ्थापाका अनुसार बाँकि पातारासि र तिला गाँउपालिकाको प्रमुख र सबै गाँउपालिकाको उप प्रमुखको उम्मेद्धारी टुंगो केहि दिनभित्रै लाग्ने बताइएको छ । भने नगरपालिकाको प्रमुखको उम्मेद्धारीका लागि दान बहादुर महतलाइ टिकट दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी