बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

<"/>
2026-07-25 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्र सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य: देउवा

बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो –“काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले “प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान संशोधनको प्रक्रियामा सहयोग गर्ने विश्वास छ, धेरै वर्षपछि जनताले आफूले निर्वाचित गरेका प्रतिनिधिबाट शासित हुने अधिकार पाउँदैछन्, यसलाई रोक्ने काम कसैले गर्नुहुँदैन भन्नुभयो ।” 

संविधान निर्माणका लागि काँग्रेसलाई जिम्मेवारी दिएजस्तै स्थानीय तहलाई बलियो बनाउँदै गाउँतहसम्म लोकतन्त्रको संस्थागत विकासका लागि पार्टीले बहुमत ल्याउने पनि उहाँले बताउनुभयो । 

पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि तपाईंको नेतृत्वमा नयाँ सरकार गठन हुने सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा सभापति देउवाले भन्नुभयो “ सहमति अनुसार हुन्छ ।” 

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले दलित, जनजाति, मुसलमान, अल्पसङ्ख्यक सबैलाई समावेश गरी ग्रामीण विकास गर्न काँग्रेसलाई स्थानीय तह निर्वाचनमा बहुमत दिनुपर्ने बताउनुभयो । 

“जनताको जीवनस्तर गुणस्तरीय बनाउन आर्थिक पुनःनिर्माणको आवश्यक छ, यसका लागि पर्यटन, ऊर्जालगायत क्षेत्रको विकास गरिनु जरुरी छ, विसं २००७, २०४६ र २०६२÷६३ को शान्तिपूर्ण परिवर्तनको नेतृत्व गरेको काँग्रेसले नै आर्थिक परिवर्तनको बाटोमा डो¥याउन सक्छ”–उहाँले भन्नुभयो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई–मधेसका जायज समस्या समाधान गरी सबैलाईसँगै लिएर स्थानीय तहको निर्वाचन सम्पन्न गरिनुपर्नेमा जोड दिदैं ७० वर्षदेखि राजनीतिक स्थिरता हुननसकेकाले अब स्थिरतातर्फ लैजान सबै दलको ध्यान जानुपर्ने बताउनुभयो । 

समितिको संयोजकसमेत रहनुभएका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सबै दललाई स्थानीय तहको निर्वाचनमा लैजान व्यवस्थापिका संसद्को ठूलो दलका नाताले पार्टीले पहल गरिरहेको जानकारी गराउनुभयो । 

उपसंयोजक एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वाभिमानका नक्कली ठेकेदारी प्रवृत्तिले निर्वाचन गर्न समस्या पर्दै गएको बताउनुभयो । 

“संविधानलाई सर्वस्वीकार्य बनाउन सुरु गरिएको प्रयत्नलाई लाञ्छित गरिएको छ, संशोधन प्रक्रियामा भ्रम फैल्याइनु आपत्तिजनक छ, प्रदेशको सिमाना तलमाथि होला, देशको सिमानामा केही हुँदैन”–उहाँले भन्नुभयो । 

सिंहदरबारको अधिकार स्थानीय तहसम्म पु¥याउन निर्वाचनमा जान सबै दलले अधिकतम लचकता देखाएर समस्या समाधान गर्नुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक