पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्"/>

2026-09-19 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्र, एमाले र राजमो वीच चुनावी तालमेल– यस्तो छ पदीय भागबण्डा


पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्त सरकार बनाएको काँग्रेस र माओवादी केन्द्रविच संयुक्त प्यानल निर्माणको तयारी भैराखेको बेलामा बाग्लुङमा भने बामपन्थी दलहरु विच संयुक्त प्यानल बन्ने बलियो सम्भावना देखिएको छ । लामो माथापच्ची पछी बागलुङ जिल्लामा क्रियाशील बाम दलहरु आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति नजिक पुगेका छन् । कुनै बिग्रह नपरे आज कुनै पनि समय बाम एकताको घोषणा हुने श्रोतको दाबी छ ।


बागलुङ जिल्लाका चार नगरपालिकाहरु मध्य बागलुङको मेयरमा एमाले, उमपेयरमा माओवादी केन्द्र, गल्कोटको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले, जैमिनी र ढोरपाटनको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा क्रमश एमाले र माओवादी केन्द्रलाई दिने सहमति भएको बुझिएको छ ।


यसैगरी काठेखोला र बडीगाड गाउपालिकाको प्रमुखमा एमाले, निसीखोला, ताराखोला र तमानखोला गाउपालिकाको प्रमुखमा माओवादी केन्द्र र बरेङ गाउपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बामबृत्तमा चर्चा छ ।


यस अघी नेपाली काँग्रेस र माओवादी केन्द्रवीच केहि नगर र गाउपालिकामा सहमति भएको समाचार प्रकाशमा आएको थियो । पछिल्लो समय तीन बाम दलवीच चुनावी तालमेल बनेपछी काँग्रेर र माओवादी केन्द्रवीचको गठजोड बेकार हुने स्पष्ट भएको छ ।


एमाले र जनमोर्चाले आफना उमेदवारहरुको नाम यसअघिनै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रबाट को, को उमेदवार हुने भन्ने आज घोषणा हुनसक्ने समाचार श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो