2026-06-28 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट राप्रपा बाहिरियो, एमालेसँग मिलेपछि सरकारको दूई तिहाइ नपुग्ने

2017-05-01

बैशाख १८, काठमाडौँ । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए । 

सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सरकार छोड्ने निर्णय गगरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ ।

प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ । 

तर स्थानीय चुनाव र संविधान संशोधनलाई सफल बनाउन सहयोग गर्ने तर महाभियोगविरुद्ध उभिने निर्णय गरेको मन्त्री बोहराले बताए । महाभियोग लगाउन दुई तिहाई आवश्यक पर्छ ।

एमालेसँग राप्रपा पनि विपक्षमा उभिएपछि महाभियोग पारित गराउन आवश्यक दुई तिहाई बहुमत नपुग्ने स्पष्ट देखिएको छ । यसअघि बीबीसीसँग आइतबार राति कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफूहरु सरकार छाड्ने मनस्थितिमा पुगेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी