2026-07-26 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्याङ्जामा नयाँ शक्ति र फोरमबीच तालमेल हुने

वैशाख १९, वालिङ । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । 

जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा एमाले बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

यसपटकको स्थानीय निकायको निर्वाचनमा स्याङ्जामा नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा दुई दलले चुनावी तालमेल गर्ने सहमति गरी सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

सङ्घीय समाजवादी फोरमका पोलिटब्यूरो सदस्य महेन्द्र थापा र नयाँ शक्ति नेपालका अध्यक्ष शोभाखर ढकालबीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवार उठाउने सहमति भएको हो । यसैगरी, हेमन्त थापाको अध्यक्षतामा एकसय एक सदस्यीय प्रचार–प्रसार समिति र ताराप्रसाद भुसालको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ